बैतडी- बैतडीमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका–१० मा भएको दुर्घटनामा पेन्सन बुझेर फर्केका ५ जनाको मृत्य भएको छ।
दुर्घटनामा परेर मृत्यु हुनेहरुमा पाटन नगरपालिका–५ की पार्वतीदेवी चन्द, पाटन नगरपालिका–५ का भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका –५ बस्कोटकी पार्वती चन्द, सुनर्या गाउँपालिका–४ की कलावती चन्द र दशरथचन्द नगरपालिका–२ देहिमाडौंका कृष्ण लावडको मृत्यु भएको वैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए।
दुर्घटनामा परेर ४ जना घाइते भएका छन्। मृतक तथा घाइते भएका भारतीय बजार झुलालघाटमा पेन्सन बुझेर फर्किएका थिए। जिपमा चालकसहित जीपमा ११ जना सवार रहेको बताइएको छ। दुई जना सकुशल रहेको रहेका छन्। मृतक मध्ये कृष्ण लावण ५८ वर्षका थिए भने अन्य सबै ७० वर्ष उमेर पार गरेकोे डिएसपी अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।