इन्दोर- आइपिएल क्रिकेटमा किंग्स इलावेन पञ्जावले छैटौं जित हात पारेको छ। पञ्जावले आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै पञ्जाव ९ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। अंक तालिकाको पुछारमा रहेको राजस्थानको ९ खेलबाट ६ अंक छ।
राजस्थानले दिएको १ सय ५३ रनको लक्ष्य पञ्जावले ४ विकेट गुमाएर ८ बल खेल्न बाँकी छदा पार गरेको थियो। पञ्जावका लागि ओपनिङ ब्याट्सम्यान लोकेश राहुलले नटआउट ८४ रन जोडे। उनले ५४ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। मार्कोस स्टोइनिसले नटआउट २३ र करुण नइरले ३१ रन जोडे।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १ सय ५२ रन जोड्यो। राजस्थानका लागि जोस बटलरले ५१ र सन्जु समासनले २८ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेन। राजस्थानको इनिङ रोक्ने क्रममा पञ्जावका मुजिर उर रहमानले ३ विकेट लिए। आन्द्रे टेरले २ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।