लन्डन- इंग्लिस प्रिमियर लिगमा चेल्सीले लिभरपुललाई हराउँदै शीर्ष चारमा पर्ने सम्भावना बलियो बनाएको छ।
आइतबार भएको खेलमा चेल्सीले लिभरपुललाई १-० गोलले हराएको हो। चेल्सीको जितमा ओलिभर जिरुडले ३२ मिनेटमा गरेको गोल निर्णायक साबित भयो। जितपछि अंक तालिकाको पाँचौ स्थानमा रहेको चेल्सीले ६९ अंक जोडेको छ। २ खेल बाँकी रहदा चौथो स्थानको टोटनह्यामको ७१ र तेस्रो स्थानको लिभरपुलको ७२ अंक छ।

यता लिगको अर्को खेलमा आर्सनलले वर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको छ। सिजनको अन्तिम होम म्याचमा सानदार जित हात पार्दै आर्सनलले विदा हुन लागेका प्रशिक्षक वेनगरलाई खुसी दिएको छ। आर्सनलको जितमा आउवामेयाङले १४ र ७५, लाकाजेटीले पहिलो हाफको इन्जुरी टाइममा, कोलासेनाकले ५४ र इओवीले ६४ मिनेटमा गोल गरेका थिए। आर्सनल ६० अंक जोड्दै छैटौ स्थानम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।