मोरङ–मोरङको मिक्लाजुङ–१ सिलिलिङ बस्ने ५८ वर्षीय अरुण भन्ने अमृतबहादुर श्रेष्ठ हतियारसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई सोमबार दिउँसो सवा ३ बजे पक्राउ गरेको हो।
श्रेष्ठले आफ्नै घरमा हतियार लुकाईछिपाई राखेको भन्ने विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारी बरामद गरेको हो।
श्रेष्ठउपर हातहतियार खरखजाना मुद्दामा कानुनी कारबाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।