म्यानचेस्टर– सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको म्यानचेस्टर सिटी 'टाइटल सेलिब्रेसन' खेलमा गोलरहित बराबरीमा रोकिएको छ। घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीलाई हडर्सफिल्डले गोलरहित बराबरीमा रोकेको हो। च्याम्पियन सिटीलाई बराबरीमा रोकेपछि हडर्सफिल्डको भने रेलिगेशनबाट बच्ने आशा बाँकी नै रहेको छ।
सिजनको उपाधि जितेको सिटीका खेलाडीको सम्मान उपस्थित हजारौं दर्शकले निलो र सेतो झन्डा खेलभर फहराएका थिए। समर्थकले कतिपय समयले उठेर सम्मान प्रकट गरेका थिए। यद्यपी सिटीले गोल भने गर्न सकेन। खेलमा केभिन डे ब्रइन र ग्राबियल जेससले पाएको सुन्दर मौका खेर फालेका थिए।

सिटीले अन्तिम २ खेल बाँकी छदा ९४ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७७ अंक छ। सिटीले सिजनमा १ सय ३ गोल गरिसकेको छ। यो गोल चेल्सीले सन् २०१० मा बनाएको रेकर्डसँग बराबरी हो। जारी सिजनमा सिटीले २ खेलमा मात्र पराजय भोगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।