काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले सोमबार कार्यभार सम्हालेको छन्।
परिसर काठमाडौंमा भएको एसएसपी सिंहको स्वागत कार्यक्रममा उनले आफू मातहतका प्रहरी कर्मचारीलाई उच्च व्यवसायिकता प्रदर्शन गरेर काम गर्न निर्देशन पनि दिएका छन्। सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्नुपर्ने, काम गर्दा व्यसायिकतामा आँच नआउने गरी काम गर्नुपर्ने, सेवाग्राहीलाई विशेष प्राथमिकतामा राखेर द्रूत सेवा दिन निर्देशन दिएका छन्।
काठमाडौंलाई सुरक्षित शहर बनाउन प्रहरीको मुख्य भूमिका हुने भएकाले सोही अनरुप प्रहरीले आफ्नो ड्युटी गर्नुपर्ने उनले बताए। गृह मन्त्रालयले गत शुक्रबार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सिंहको सरुवा गरेको थियो। यसअघि काठमाडौंको एसएसपीमा श्यामलाल ज्ञवाली थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।