काठमाडौं– सालकको खपटासहित दुई जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ।
काभ्रेको महाभारत गाउँपालिका–२ बाल्टिङका २५वर्षीय बिनोद तामाङ र काभ्रेको सल्ले भुल्बु गाउँपालिका–३ का ४७ वर्षीय लालसिंह तामाङ पक्राउ परेका हुन् ।
चाबहिल क्षेत्रमा सालकको खपटा किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा खटिएको महाशाखाको टोलीले उनीहरुलाई आइतबार चाबहिलबाट १ किलो २५ ग्राम सालकको खपटासहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।