मुम्बई- आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्सलाई १३ रन पराजित गरेको छ। कोलकतामाथि हात पारेको जितसँगै मुम्बई १० खेलबाट ८ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ। जसले मुम्बईको प्लेअफको सम्भावना बढाएको छ।
मुम्बईले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन मात्र जोड्न सक्यो। उसका लागि रोबिन उथप्पाले ५४ र दिनेश कार्तिकले नटआउट ३६ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन जोड्यो। मुम्बईका लागि सूर्यकुमार यादवले ५९ र इनिभ लेविसले ४३ रन जोडे। यादव र लेविसबीच पहिलो विकेटका लागि ९१ रनको साझेदारी भएको थियो। हार्दिक पाण्ड्याले २० बलमा नटआउट ३५ र जेपी डुमीनीले नटआउट १३ रन बटुले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।