मोरङ- मोरङको उर्लावारी नगरपालिका-६ बाट अवैध हातहतियार र गोली गठ्ठासहित एक जना पक्राउ परेका छन्।
उक्त स्थानमा केही व्यक्तिहरु हातहतियारसहित लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा शनिबार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले फक्ताङलुङ गाउँपालिका-२ ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो।
शेर्पाको साथबाट ‘अटो पेस्तोल यूएसए’ लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, विभिन्न किसिमका कागजपत्र, ३ वटा मोबाइल, ब्याग ८ थान र ज्याकेट १८ थान बरामद भएको थियो।
हातहतियार र विभिन्न दस्तावेजसहित पक्राउ परेका शेर्पा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका सेक्सन कमाण्डर रहेको खुल्न आएको तथा हातहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।