• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

किन उठ्ने गर्छ नेकपा सचिवालयको औचित्यमाथि प्रश्न?

64x64
नेपाल लाइभ आइतबार, मंसिर ७, २०७७  १८:३७
1140x725
फाइल फोटो- नेकपा सचिवालय

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं महासचिव विष्णु पौडेलले केही दिनअघि सचिवालयकै औचित्यमाथि प्रश्न उठाउँदै सार्वजनिक अभिव्यक्ति दिए। उनले सचिवालय समस्या खडा गर्ने थलो भएको भन्दै यसको वैधता र औचित्यमाथि प्रश्न खडा भएको बताए। त्यसअघि उनले मंसिर ३ गतेको सचिवालय बैठकमा पनि सोही किसिमका अभिव्यक्ति दिएका थिए।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला सचिवालय विघटन गर्नुपर्ने माग पनि उठ्ने गरेको छ। गत वैशाख र असारमा पार्टीभित्र विवाद चर्किएका बेलामा पनि कतिपय स्थायी कमिटी सदस्यहरुले यसको विघटन र पुनर्गठनको विषय उठाएका थिए।

असोज-कात्तिकमा सुरु नेकपा विवाद अहिले उत्कर्षमा पुगेको छ। नेकपामा 'पत्र-युद्ध'को अवस्था छ। प्रचण्डले ओलीको आलोचना गर्दै कात्तिक २८ गतेको सचिवालयको बैठकमा प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरेपछि त्यसले संकटपूर्ण अवस्था सिर्जना भएको छ। ओलीले 'काउन्टर' प्रस्ताव ल्याउने भन्दै १० दिनका लागि बैठक स्थगित गरिएको छ। यस्तै विवादका बीच महासचिव पौडेलले सचिवालयको औचित्यमाथि प्रश्न उठाएका हुन्।

गत वैशाखमा पार्टी विवाद उत्कर्षमा पुगेका बखत स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सचिवालयले कुनै निर्णय गर्न नसकेको भन्दै विघटन गर्न माग गरेका थिए। पार्टीको महत्त्वपूर्ण निर्णय गर्न भन्दै सचिवालय गठन गरे पनि कुनै निर्णय गर्न नसकेको भन्दै औचित्य सकिएको उनको ठहर थियो।

त्यस्तै, गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा बोल्दै जनार्दन शर्माले पार्टी सचिवालयको कुनै अर्थ नभएको भन्दै विघटनको माग गरेका थिए। कोरोना महामारीमा बैठक बसेर महत्त्वपूर्ण निर्णय गर्न नसकेको भन्दै उनले सचिवालय खारेजीको माग गरेका थिए।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले भने सचिवालय महिला समावेशी नभएको भन्दै आलोचना गर्दै आएका छन्। समावेशीको सिद्धान्तलाई अवलम्बन नगर्ने सचिवालय विघटन नै गरे हुने उनीहले टिप्पणी छ।

सचिवालय विघटनको माग स्थायी कमिटीको जिम्मेवारीमा नेताहरुले सार्वजनिक मञ्च वा  सामाजिक सञ्जालमा समेत उल्लेख गर्दै आएका छन्। अहिले पनि पार्टी विवाद दुई अध्यक्षबाट हल हुन नसकेपछि सचिवालय हुँदै स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म पुग्ने पक्कापक्की जस्तै छ।

पार्टीको अन्तरिम विधान–२०७५ ले सबैभन्दा शक्तिशाली निकायको रुपमा केन्द्रीय कमिटीलाई राखेको छ । सोही अन्तर्गत विधानको धारा १८ (ज) मा सचिवालयको काम, कर्तव्य र अधिकार निर्धारण गरिएको छ। भनिएको छ-
१. केन्द्रीय कार्यालय सञ्चालन गर्ने,
२. केन्द्रीय स्तरका कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार गर्ने,
३. केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीको बैठकका लागि कार्यसूचीसम्बन्धी प्रस्ताव तयार गर्ने,
४. केन्द्रीय विभाग, मातहत कमिटी, संसदीय दल, संयन्त्र, कार्यदललगायतका कामको प्रतिवेदन नियमित रूपमा प्राप्त गरी मूल्याङ्कन प्रतिवेदन तयार गर्ने र केन्द्रीय कमिटी, पोलिट्ब्युरो तथा स्थायी कमिटीमा प्रस्तुत गर्ने,
५. केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीका बैठकबीचको अवधिमा राजनीतिक तथा सङ्गठनात्मक विषयमा निर्णय गर्ने,
६. आफूले गरेका निर्णयहरू अनुमोदनका लागि केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीमा प्रस्तुत गर्ने,
७. समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने,
८. केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र सचिवालयका निर्णयअनुरूप अन्तरपार्टी निर्देशन जारी गर्ने,
९. केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीप्रति उत्तरदायी रहने,
१०. केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीले तोकेका अन्य कार्यहरू गर्ने।

Ncell 2
Ncell 2

अन्य कमिटीका बैठक खासै नबस्ने भएकाले सचिवालय बैठक भने बेलाबखत बस्ने गरेको छ। तर, त्यो विवादको केन्द्र पनि हुँदै आएको छ। अर्कोतिर, अन्य कमिटी भने 'रबर स्टाम्प'को रुपमा देखिँदै आएका छन्। 

औपचारिक रुपमा बाहिर पार्टीका सबै निर्णय सचिवालयले गरेको देखिए पनि दुई अध्यक्ष र त्यसमा पनि पहिलो नम्बरका अध्यक्ष केपी ओलीले गर्दै आएको राजनीतिक विश्लेषक राजेन्द्र महर्जन बताउँछन्।

पार्टीमा ओलीले सबै शक्ति केन्द्रित गरी आफू अनुकूल निर्णय गर्न थालेपछि विवाद हुने गरेको हो।  नेकपामा  धेरै तहहरु संरचना निर्माण गर्ने नाममा एउटा व्यक्तिमा शक्ति केन्द्रिकृत भएपछि समस्या बढ्दै गएको महर्जनको ठम्याई छ। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत धेरै तह निर्माण नभएको बताउँदै महर्जनले धेरै तह निर्माण गर्नु आफैंमा केन्द्रित सत्ता अभ्यास उनको भनाइ छ।

‘नेकपामा बारम्बार सचिवालय विघटन गरौं। यसले कुनै निर्णय गर्न सकेन भन्ने सुन्ने गरिन्छ’, महर्जनले भने, ‘सचिवालयमा भएका नेताहरु सबै चुपचाप छन्। आफू अनुकूल निर्णय नभएका अरु नेताहरु विघटन गरौं भन्छन्।’

पार्टीमा आफू अनुकुल निर्णय हुन छोडेपछि नेताहरुले सचिवालय विघटनको आवाज उठाउने गरेको महर्जनले बताए। नेकपा सचिवालय संरचना भए पनि हेडक्वार्टर जस्तै एउटै व्यक्तिमा शक्ति केन्द्रिकृत भएको उनले बताए।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १८:३७
  • #प्रचण्ड
  • #केपीओली
  • #नेकपाविवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम... बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो । बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक गरिएको उनले बताए । 'यसबीचमा विधानले गरेको व्यवस्था कार्यन्वयन गर्न कार्यवाहक सभापतिल... बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्