पोखरा – ‘तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड’ को उत्कृष्ट खेलाडीले मोटरसाइकल तथा स्कुटर प्राप्त गर्ने भएका छन्। स्पोर्ट्स अवार्डको तेस्रो संस्करणमा नेपाल खेलकुद पत्रकार मञ्चले बतास ब्रदर्श प्रालिसँगको सहकार्यमा उक्त अवार्ड दिन लागेको हो। अवार्ड आगामी जेठ १८ गते प्रदान गरिने मञ्चले जानकारी दिएको छ।
३ वर्षका लागि उत्कृष्ट वर्ष पुरुष खेलाडी र उत्कृष्ट महिला खेलाडीलाई मोटरसाइकल र स्कुटर प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आइतबार आयोजित विशेष कार्यक्रमका बीच बतास ब्रदर्श प्रालिका निर्देशक विपेन्द्रराज बतास र मञ्चका अध्यक्ष केशव पाठकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यस वर्ष पनि खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ। सो अवार्डबाट २ श्रृङखलामा खेलाडी कृष्ण थापा र खड्कबहादुर रानाभाट सम्मानित भईसकेका छन्। उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उदयीमान खेलाडी तथा प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिने छ। यो वर्ष देखि पपुलर प्लेयर अवार्ड थप गरिने मञ्चले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।