काठमाडौं- लायोन महिला टिमको ८० खेलको अपराजित यात्रा टुंगिएको छ। महिला डिभिजन वानको खेलमा पेरिस सेन्ट जर्मेनसँग १-० ले हार्दा लायोनको ८० खेलको अपराजित यात्रामा विश्राम लागेको छ।
खेलको १० औँ मिनेटमा मारिए एन्टोनेट्टेको गोलमा पेरिस सेन्ट जर्मेनले खेल जितेको हो। सात पटकको युरोपियन विजेता लायोन टिम २०१६ डिसेम्बर १२ देखि अपराजित रहेको थियो।
यस्तै गएको सिजन लायोन टिमले कीर्तिमानी १४ औँ पटक लगातार लिग उपाधि जितेको थियो। जितसँगै पेरिस सेन्ट जर्मेन लिग तालिकामा लायोनभन्दा एक अंकले अघि रहँदै शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।