काठमाडौं– बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडसँग पराजित भएको छ। बार्सिलोना एथ्लेटिको मड्रिडसँग १–० ले पराजित भएको हो।
बार्सिलोनाविरुद्ध घरेलु टिम एथ्लेटिको मड्रिडको जितमा यानिक कारास्कोले गोल गरे। उनकै एक मात्र गोलमा बार्सिलोनाविरुद्ध एथ्लेटिको मड्रिडले जित निकालेको हो। पहिलो हाफको अतिरिक्त समयमा कारास्कोले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाए।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको एथ्लेटिको मड्रिडले दोस्रो हाफमा रक्षात्मक खेल खेल्दै बार्सिलोनाविरुद्ध जित निकाल्यो। ५५ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेपनि बार्सिलोनाले गोल गर्न सकेन। १३ सर्ट एथ्लेटिको मड्रिडको पोष्टमा प्रहार गरेपनि बार्सिलोनाले गोलमा परिणत गर्न सकेन।
बार्सिलोनाविरुद्ध जित निकालेसँगै लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले आठ खेलबाट ६ खेलमा जित र दुई खेलमा बराबरी खेल्दै २० अंक बनाएको छ। पराजित बार्सिलोनाको भने आठ खेलमध्ये तीन खेलमा जित, दुई खेलमा बराबरी र तीन खेलमा हार ब्यहोर्दै ११ अंक बनाएर लिगको १० औं स्थानमा छ। लिगको शीर्ष स्थानमा रहेको रियल सोसाइडेडको भने ९ खेलबाट २० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।