काठमाडौं– टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा टोटेनहमले म्यानचेस्टर सिटीलाई २–० गोलअन्तरले पराजित गरेको हो।
सिटीलाई पराजित गर्दै घरेलु टिम टोटेनहम लिगको शीर्ष स्थानमा उक्लियो। टोटेनहमको जितमा सन हेयुङ मिन र जिओभानी लो सेल्सोले गोल गरे। पहिलो हाफमा एक गोल गरेको टोटेनहमले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो।
खेलको पाँचौं मिनेटमा नै सनले गोल गर्दै टोटेनहमलाई १–० गोलको अग्रता दिलाएका थिए। खेलको ६५ औं मिनेटमा सेल्सोले गोल गर्दै टोटेनहमलाई २–० गोलको जित दिलाए। खेलअवधिभर बल नियन्त्रणमा राखे पनि म्यानचेस्टर सिटीले गोल गर्न नसक्दा टोटेनहमसँग पराजित हुन पुग्यो।
जितसँगै शीर्ष स्थानमा उक्लिएको टोटेनहमले ९ खेलबाट २० अंक बनाएको छ। पराजित सिटी भने १२ अंक बनाउँदै लिगको ११ औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।