काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी चल्ने दुई आधार भएको बताएका छन्। सामाजिक सञ्जालमा उनले दिएका दुई आधार हुन्- विचार-राजनीति र विधि-पद्धति।
‘पार्टी मुख्यतः दुई कुराको आधारमा चल्छ। एउटा विचार-राजनीति। र दोस्रो विधि-पद्धति’, प्रचण्डले लेखेका छन्।
प्रचण्डले सन्दर्भ नखुलाए पनि नेकपाभित्रको संकटसँग जोडेर अभिव्यक्ति दिएको हुनसक्ने आकलन गर्न सकिन्छ। पछिल्ला केही हप्ता नेकपाभित्र दुई पक्षबीच विवाद रहँदै आएको छ। पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ।
त्यस्तै, पार्टीभित्र पत्र-युद्धको स्थिति आएको र प्रचण्डले एकल प्रस्ताव सचिवालयमा पेश गरेपछि नेकपा फुटको निकट पुगेको विश्लेषण पनि भइरहेको छ।
नेकपालाई फुट्न नदिने प्रयत्न कतिपय नेताहरुले गरिरहेका छन्। तर, त्यसको ठोस आधार तयार गर्न सकेका छैनन्। यस्तै सन्दर्भमा सार्वजनिक भएको प्रचण्डको धारणालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।