एजेन्सी–पोप फ्रान्सिसको आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट ब्राजिलियन मोडल नतालिया गेरीबोतोको तस्बिरमा लाइक भएपछि भ्याटिकनले छानबिन सुरु गरेको छ।
यस विषयमा भ्याटिकनले इन्स्टाग्रामसँग स्पष्टीकरण माग गरेको छ। नतालियाको कम कपडा लगाएको तस्बिरमा पोपको अकाउन्टबाट कसरी लाइक भयो भनेर भ्याटिनकले अनुसन्धान गरिरहेको छ। तस्बिरम नतालियाले स्कुल युनिफर्मसँग मिल्दोजुल्दो पोशाक लगाएकी छन्।

उता नतालियाको म्यानजेमेन्ट कम्पनीले पोपले लाइक गरेको तस्बिर पुनः पोष्ट गर्दै पोपले आधिकारिक रुपमा आशीर्वाद दिएको बताएको छ।
नतालियाका इन्स्टाग्राममा २४ लाख फलोअर्स छन्। पोपको लाइकपछि उनको इन्स्टाग्राममा लेखिएको छ,‘म अब पक्कै स्वर्ग जान्छु।’
पोप फ्रान्सिस पनि सामाजिक सञ्जालमा लोकप्रिय छन्। उनको इन्स्टाग्रामम ७४ लाख फलोअर्स छन् भने उनले कसैलाई पनि फलो गरेका छैनन्। उनको इन्स्टाग्राम अकाउन्ट उनको व्यवस्थापन टिमले सम्हाल्ने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।