काठमाडौं- गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ।
पछिल्लो सरुवा अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंहलाई ल्याइएको छ।
ललितपुर प्रहरी प्रमुखमा भने किरण बज्राचार्यलाई पठाइएको छ।
हाल काठमाडौं प्रहरी प्रमुखमा श्यामलाल ज्ञवाली र ललितपुर प्रहरी प्रमुखमा टेकप्रसाद राई प्रहरी प्रमुख छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।