काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटीले मुख्य प्रशिक्षक पेप गार्डिओलासँग सम्झौता नवीकरण गरेको छ।
सन् २०१६ मा सिटी आएका ४९ वर्षीय मुख्य प्रशिक्षक गार्डिओलाले क्लबसँग २ वर्षका लागि सम्झौता थप गरेका हुन्। यो सम्झौतासँगै गार्डिओला अब २०२३ सम्म क्लबमा रहने छन्। उनको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदै थियो। मुख्य प्रशिक्षक गार्डिओलाले बिहीबार सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
आफ्नै प्रशिक्षणमा सिटीलाई गार्डिओलाले दुई पटक प्रिमियर लिगको उपाधि दिलाएका छन्। त्यस्तै, एफए कपको उपाधि एक पटक, इएफएलको उपाधि तीन पटक र एफए कम्युनिटी शिल्डको उपाधि दुई पटक सिटीलाई दिलाएका छन्।
२००८ देखि २०१२ सम्म बार्सिलोनामा मुख्य प्रशिक्षक रहेका गार्डिओलाले २०१३ देखि २०१६ सम्म जर्मन क्लब बायर्न म्युनिक क्लब सम्हालेका थिए। त्यसपछि उनी इंग्लिस क्लब म्यानचेस्टर सिटी आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।