काठमाडौं– मन्त्रीपरिषद्को निर्णयले नेपाल प्रहरीमा एक जना एआइजीको दरबन्दी थप भएको छ। स्रोतका अनुसार दरबन्दी थप भएको पत्र बिहीबार गृहमन्त्रालयमा आएको छ।
हाल नेपाल प्रहरीमा एक प्राविधिकसहित चार जना एआइजी छन् । एक दरबन्दी थपसँगै अब एआइजीको संख्या पाँच पुग्नेछ। हाल प्रशासनतर्फ तीन एआइजी रहेकाले थप भएको एक दरबन्दीमा एकजना डिआइजीलाई बढुवा गर्नुपर्ने हुन्छ। बढुवाका लागि सबैभन्दा सिनियर डिआइजी विश्वराज पोखरेल हुन्। अहिले बढुवा हुने एआइजीबाटै भावि आइजी बन्नेछन्।
त्यसैगरी पाँच जना डिआइजीको पनि दरबन्दी थप भएको स्रोतले जनाएको छ। योसँगै डिआइजीको संख्या १९ पुग्नेछ। अहिले नेपाल प्रहरीमा १४ जना डिआइजी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।