सुनसरी- सुनसरीको बराहक्षेत्र–७ बोराबाधबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका–५ का २८ वर्षीय रामकुमार यादव र सोही स्थानका २३ वर्षीय श्रमणकुमार चौधरी छन् ।
बुधबार साँझ ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाइकलमा आएका दुवै जनालाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रण पश्चात उनीहरुमाथि चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम ब्राउनसुगर लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कानुनी कारबाही अगाडि बढाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।