काठमाडौं- पत्रकार गोकर्ण गौतमको निधन भएको छ। मष्तिष्कको नसामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्रावका कारण उनको बिहीबार बिहान निधन भएको हो। उनी कान्तिपुर दैनिकमा कार्यरत थिए।
कला, साहित्यलगायतका विषयमा कलम चलाउँदै आएका पत्रकार गौतमको बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो। पछिल्लो पटक उनी सोमबार अस्पताल भर्ना भएका थिए।
३१ वर्षीय पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे। यसअघि उनी नेपाल साप्ताहिकमा कार्यरत थिए।
गौतमको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।