काठमाडौं– २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लील भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबर्जस्ती करणी गरेको भिडियो अजयले खिचेका थिए । सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबर्जस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो ।
हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।