खप्तड/मुगु- यात्राको सबैभन्दा रमाइलो नौलो चिज देख्नु हुने रहेछ, देखेको कुराको अनुभव गर्न पाउनु त अझ गजव। सुदूरपश्चिम प्रदेशको बझाङ हुँदै खप्तड क्षेत्र र कर्णाली मुगुमा रहेको रारासम्मको यात्रा ‘खप्तडदेखि रारा’ रोमाञ्चक छ, सुनेका कुरा देख्न पाउँदा र देखेका कुरा अनुभव गर्न पाउँदा।
घुमाइको मजा लिने शैली भिन्न होला तर प्राकृतिक सुन्दरता हेर्ने धेरैको शैली उही हो, सम्मोहित हुने। खप्तडदेखि रारासम्म त्यस्ता धेरै दृश्य छन् जसले हेर्नेका आँखा शीतल बनाउँछ र मनमा अमिट छाप छाडिदिन्छ। यहाँ ती सुन्दरता शब्दमा भन्दा तस्बिरमा नै देखाउने प्रयास छ, साथमा छ बाटोका नाम।
काठमाडौंबाट अनुकुलता अनुसार बस वा हवाइ जहाजमा धनगढीसम्म र धनगढीबाट पनि बझाङको चैनपुरसम्म हवाइ जहाज या बसमा नै जान सकिन्छ। विगतमा चैनपुर विमानस्थल सञ्चालनमा नहुँदा भने स्थलमार्गबाट जानुको विकल्प थिएन। अहिले विमानस्थल गन्तव्यमा पुग्ने समय छोट्याउन र सहज बनाउन सहयोगी बनिरहेको छ।
चैनपुर विमानस्थलबाट तमैइल पुगेपछि सेती नदी माथिको झोलुंगे पुल तरेर बझाङकै दारुगाउँ (मेलतडी) पुगिन्छ। दारुगाउँ पुग्न जिप वा पैदल यात्रा गर्न सकिन्छ। काठमाडौं-धनगढी, धनगढी-चैनपुर विमानमा जाँदा सोही दिन बझाङको दारुगाउँ पुगिन्छ।
दारु गाउँ।
दारु गाउँको एक घर।
दारु गाउँ हाेम स्टे।
खप्तड राष्ट्रिय निकुञ्ज सुरु हुनुअघिको गाउँ, लोखडा।दारुगाउँमा बास बसेको अर्को दिन मध्यान्हमा नै खप्तड राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ। खप्तडले बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाका भागहरु समेटेको छ। यात्रा खप्तडदेखि रारातिरको हुँदा खप्तड पर्ने बझाङ र बाजुराको धेरै भाग देख्न सकिन्छ। एक दिन खप्तड बास बसेर अछाममा पर्ने खप्तडका केही स्थानसमेत हेर्न सकिन्छ। खप्तडमा विशेष त्रिवेणीधाम, शहस्रलिंग, खप्तडबाबा आश्रम, खापर (खप्तड) दह, साना ठूला अरु विभिन्न दह र पाटन हेर्न सकिन्छ।
बिहानको समयमा खप्तड पाटन। चिसो बढ्दै जाँदा शितका कारण पाटनका सबै घाँस र फूल सुकिसकेका छन्।
खप्तड पाटनमा एउटा काग। उपयुक्त समय नमिल्नाले होला खप्तडमा कागबाहेक अरु चरा देखिएन।
खापर दह।
पाटनमा रहेको कालो पानीको एक दह।
खप्तड क्षेत्रको त्रिवेणी धाम।
त्रिवेणी धामको एक मन्दिर।
खप्तड बाबा आश्रम।
पाटनमा विरलै भेटिएको फूल, मौसम विचार गरौँ!खप्तडबाट पाटन र जंगल पार गर्दै रारातर्फको यात्रा तय हुन्छ। पाटनमा हुने उस्तै बाटोहरुले गन्तव्य हराउने सम्भावना ज्यादै हुन्छ। पाटनका ती उस्तै देखिने बाटाहरु मध्ये सही बाटो पहिल्याउन सके बाजुराकै खप्तड छेडेदह गाउँपालिकाको काँडा पुगिन्छ। काँडा खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो।
काँडातिर बढ्दा देखिएको हिमाल।
काँडानजिक पाटनमा चरिरहेको गाई। यहाँबाट अगाडि बढ्दा खप्तड क्षेत्र सकिएर बस्ती सुरु हुन्छन्।
काँडा। मध्यवर्ती क्षेत्र।काँडाबाट केही घण्टा हिँडेपछि बाजुराकै डोगडी (खप्तड छेडेदह गाउँपालिकाको कार्यालय रहेको स्थान) पुगिन्छ। डोगडीबाट जिपमा या पैदल जडाङतर्फ जान सकिन्छ। त्यही बाटोमा नै पर्छ छेडेदह। यही दहको नामबाट गाउँपालिकाको नाम खप्तड छेडेदह गाउँपालिका रहेको छ।
बाजुराको डाेगडी।
गोठालो हिँडेको!
डोगडीको एक घर।
कामको चटारो।
छेडेदह।
छेडेदहमाथिको डाँडामा साँझ घर जाँदै गरेका स्थानीय। जडाङमा रहेको बुढीगंगा नदीमाथिको पक्की पुल केहीसमय अघि बगाएकाले बाजुराको सदरमुकाम मार्तडी जान काठको पुल तर्नुपर्ने भएको छ। भिरालो पाखोमा रहेको मार्तडी बजार हेर्दै यात्रा कोल्टीतर्फ बढ्छ। खप्तडबाट राराको यात्रा तय हुनाले बाजुराको एक कुनाबाट हिँडेर अर्को कुना निस्किनु पर्ने गरी बाटो पर्छ। कोल्टीबाट बाजुरा र मुगुको सीमाना झुँगालातर्फ बढ्नुपर्छ। झुँगाला बाजुरा र मुगुको मात्र सीमा नभएर सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको समेत सीमाना हो। जहाँ सीमामा बगिरहेको छ कर्णाली पुल। झुँगाला पुग्न कोल्टीबाट जिप चढेर धुलाचौर पुग्न सकिन्छ। जहाँबाट १५ मिनेटमा झुँगाला पुल तरेर मुगु प्रवेश गरिन्छ।
धुलाचौर बजार।
झुँगाला कर्णाली पुल, जसले कर्णाली र सुदूरपश्चिम जोड्छ।
कर्णालीमाथि डुब्दैछ घाम। झुँगालाबाट तीन घन्टामा मुगुको रातापानीसम्म पुग्न सकिन्छ। झुँगालाबाट रातापानी पुग्न मोटरबाटो नै खनिएको भए पनि त्यहाँ नियमित गाडी भने नचल्ने रहेछन्।
रातापानी जाने बाटो।
रातापानीको एक होटल।
ओखलमा धान कुट्दै।
ओखल।राम्रो हिँडाइले रातापानीबाट बिहान हिँडेपछि बेलुका नै रारा पुग्न सकिन्छ। तर सामान्य हिँडाइमा पनि एकै दिनमा रारा छेउको मुर्मा गाउँसम्म पुग्न सकिन्छ। झुँगालाबाट सुरु भएको मुगुको खत्याड गाउँपालिका रारा राष्ट्रिय निकुञ्जसम्मै जोडिएको छ। रातापानीबाट हिँड्दा खत्याड गाउँपालिकाको कार्यालय रहेको माथीचौर हुँदै रारातर्फ बढिन्छ। जहाँ राराबाट निकाश भएर बग्ने खोलाको तिरैतिर अघि बढ्नुपर्छ।
राराबाट निकाश भएर बगेको खोला।
हाम्रो फोटो खिच्दिनु न!
तिर्खायो भैँसी।
गोठालो हिँडेको।
तोरी बोक्दै, धागो कात्दै।मोटरबाटो केही घण्टा हिँडेपछि सुन्दर पैदल मार्ग भेटिन्छ। कच्चि रोडको निराश थकाइ राराको पानी हेर्दै हिँड्दा मेटिएको अनुभव गर्न सकिन्छ। प्राकृतिक छटासँगै लुटपुटिँदै पाइलाहरु गन्तव्य छोट्याउन भन्दा आँखाको इशारामा अलमलिन व्यस्त हुन्छन्। जसले एकै दिन रारा पुग्न कठिन हुन सक्छ। राराभन्दा एक घन्टा तल रहेको जेउडैखोलामा पनि बासको ब्यवस्था छ।
राम्रो बाटो।
जेउडै खोला पुल।
जेउडैमा रहेको होटल।जेउडैखोलाबाट बिहान हिँड्दा माझघट्टभन्दा केही वरबाट मुर्मा गाउँ हुँदै मुर्माटप या सिधा रारातर्फ नै जान पनि सकिन्छ।
मुर्मा टप चढ्दै।
मुर्मा टपबाट देखिएको रारा।
खुलेको रारा।
रारामा घाम अस्ताउँदै।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।