• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक यात्रा : खप्तडदेखि रारा 

ऋग्वेद/शिव/हेमन्त बिहीबार, मंसिर ४, २०७७  ११:५२
1140x725

खप्तड/मुगु- यात्राको सबैभन्दा रमाइलो नौलो चिज देख्नु हुने रहेछ, देखेको कुराको अनुभव गर्न पाउनु त अझ गजव। सुदूरपश्चिम प्रदेशको बझाङ हुँदै खप्तड क्षेत्र र कर्णाली मुगुमा रहेको रारासम्मको यात्रा ‘खप्तडदेखि रारा’ रोमाञ्चक छ, सुनेका कुरा देख्न पाउँदा र देखेका कुरा अनुभव गर्न पाउँदा। 

घुमाइको मजा लिने शैली भिन्न होला तर प्राकृतिक सुन्दरता हेर्ने धेरैको शैली उही हो, सम्मोहित हुने। खप्तडदेखि रारासम्म त्यस्ता धेरै दृश्य छन् जसले हेर्नेका आँखा शीतल बनाउँछ र मनमा अमिट छाप छाडिदिन्छ। यहाँ ती सुन्दरता शब्दमा भन्दा तस्बिरमा नै देखाउने प्रयास छ, साथमा छ बाटोका नाम। 

काठमाडौंबाट अनुकुलता अनुसार बस वा हवाइ जहाजमा धनगढीसम्म र धनगढीबाट पनि बझाङको चैनपुरसम्म हवाइ जहाज या बसमा नै जान सकिन्छ। विगतमा चैनपुर विमानस्थल सञ्चालनमा नहुँदा भने स्थलमार्गबाट जानुको विकल्प थिएन। अहिले विमानस्थल गन्तव्यमा पुग्ने समय छोट्याउन र सहज बनाउन सहयोगी बनिरहेको छ।  

चैनपुर विमानस्थलबाट तमैइल पुगेपछि सेती नदी माथिको झोलुंगे पुल तरेर बझाङकै दारुगाउँ (मेलतडी) पुगिन्छ। दारुगाउँ पुग्न जिप वा पैदल यात्रा गर्न सकिन्छ। काठमाडौं-धनगढी, धनगढी-चैनपुर विमानमा जाँदा सोही दिन बझाङको दारुगाउँ पुगिन्छ।

दारु गाउँ।
दारु गाउँको एक घर।
दारु गाउँ हाेम स्टे।
खप्तड राष्ट्रिय निकुञ्ज सुरु हुनुअघिको गाउँ, लोखडा।

दारुगाउँमा बास बसेको अर्को दिन मध्यान्हमा नै खप्तड राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ। खप्तडले बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाका भागहरु समेटेको छ। यात्रा खप्तडदेखि रारातिरको हुँदा खप्तड पर्ने बझाङ र बाजुराको धेरै भाग देख्न सकिन्छ। एक दिन खप्तड बास बसेर अछाममा पर्ने खप्तडका केही स्थानसमेत हेर्न सकिन्छ। खप्तडमा विशेष त्रिवेणीधाम, शहस्रलिंग, खप्तडबाबा आश्रम, खापर (खप्तड) दह, साना ठूला अरु विभिन्न दह र पाटन हेर्न सकिन्छ।

बिहानको समयमा खप्तड पाटन। चिसो बढ्दै जाँदा शितका कारण पाटनका सबै घाँस र फूल सुकिसकेका छन्।
खप्तड पाटनमा एउटा काग। उपयुक्त समय नमिल्नाले होला खप्तडमा कागबाहेक अरु चरा देखिएन।
खापर दह।
पाटनमा रहेको कालो पानीको एक दह।
खप्तड क्षेत्रको त्रिवेणी धाम।
त्रिवेणी धामको एक मन्दिर।
खप्तड बाबा आश्रम।
पाटनमा विरलै भेटिएको फूल, मौसम विचार गरौँ!

खप्तडबाट पाटन र जंगल पार गर्दै रारातर्फको यात्रा तय हुन्छ। पाटनमा हुने उस्तै बाटोहरुले गन्तव्य हराउने सम्भावना ज्यादै हुन्छ। पाटनका ती उस्तै देखिने बाटाहरु मध्ये सही बाटो पहिल्याउन सके बाजुराकै खप्तड छेडेदह गाउँपालिकाको काँडा पुगिन्छ। काँडा खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो।

काँडातिर बढ्दा देखिएको हिमाल।
काँडानजिक पाटनमा चरिरहेको गाई। यहाँबाट अगाडि बढ्दा खप्तड क्षेत्र सकिएर बस्ती सुरु हुन्छन्। 
काँडा। मध्यवर्ती क्षेत्र।

काँडाबाट केही घण्टा हिँडेपछि बाजुराकै डोगडी (खप्तड छेडेदह गाउँपालिकाको कार्यालय रहेको स्थान) पुगिन्छ। डोगडीबाट जिपमा या पैदल जडाङतर्फ जान सकिन्छ। त्यही बाटोमा नै पर्छ छेडेदह। यही दहको नामबाट गाउँपालिकाको नाम खप्तड छेडेदह गाउँपालिका रहेको छ। 

बाजुराको डाेगडी।
गोठालो हिँडेको!
डोगडीको एक घर।
कामको चटारो।
छेडेदह। 
छेडेदहमाथिको डाँडामा साँझ घर जाँदै गरेका स्थानीय। 

जडाङमा रहेको बुढीगंगा नदीमाथिको पक्की पुल केहीसमय अघि बगाएकाले बाजुराको सदरमुकाम मार्तडी जान काठको पुल तर्नुपर्ने भएको छ। भिरालो पाखोमा रहेको मार्तडी बजार हेर्दै यात्रा कोल्टीतर्फ बढ्छ। खप्तडबाट राराको यात्रा तय हुनाले बाजुराको एक कुनाबाट हिँडेर अर्को कुना निस्किनु पर्ने गरी बाटो पर्छ। कोल्टीबाट बाजुरा र मुगुको सीमाना झुँगालातर्फ बढ्नुपर्छ। झुँगाला बाजुरा र मुगुको मात्र सीमा नभएर सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको समेत सीमाना हो। जहाँ सीमामा बगिरहेको छ कर्णाली पुल। झुँगाला पुग्न कोल्टीबाट जिप चढेर धुलाचौर पुग्न सकिन्छ। जहाँबाट १५ मिनेटमा झुँगाला पुल तरेर मुगु प्रवेश गरिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb
धुलाचौर बजार।
झुँगाला कर्णाली पुल, जसले कर्णाली र सुदूरपश्चिम जोड्छ।
कर्णालीमाथि डुब्दैछ घाम। 

झुँगालाबाट तीन घन्टामा मुगुको रातापानीसम्म पुग्न सकिन्छ। झुँगालाबाट रातापानी पुग्न मोटरबाटो नै खनिएको भए पनि त्यहाँ नियमित गाडी भने नचल्ने रहेछन्।

रातापानी जाने बाटो।
रातापानीको एक होटल।
ओखलमा धान कुट्दै।
ओखल।

राम्रो हिँडाइले रातापानीबाट बिहान हिँडेपछि बेलुका नै रारा पुग्न सकिन्छ। तर सामान्य हिँडाइमा पनि एकै दिनमा रारा छेउको मुर्मा गाउँसम्म पुग्न सकिन्छ। झुँगालाबाट सुरु भएको मुगुको खत्याड गाउँपालिका रारा राष्ट्रिय निकुञ्जसम्मै जोडिएको छ। रातापानीबाट हिँड्दा खत्याड गाउँपालिकाको कार्यालय रहेको माथीचौर हुँदै रारातर्फ बढिन्छ। जहाँ राराबाट निकाश भएर बग्ने खोलाको तिरैतिर अघि बढ्नुपर्छ। 

राराबाट निकाश भएर बगेको खोला।
हाम्रो फोटो खिच्दिनु न!
तिर्खायो भैँसी।​​
गोठालो हिँडेको।
तोरी बोक्दै, धागो कात्दै।

मोटरबाटो केही घण्टा हिँडेपछि सुन्दर पैदल मार्ग भेटिन्छ। कच्चि रोडको निराश थकाइ राराको पानी हेर्दै हिँड्दा मेटिएको अनुभव गर्न सकिन्छ। प्राकृतिक छटासँगै लुटपुटिँदै पाइलाहरु गन्तव्य छोट्याउन भन्दा आँखाको इशारामा अलमलिन व्यस्त हुन्छन्। जसले एकै दिन रारा पुग्न कठिन हुन सक्छ। राराभन्दा एक घन्टा तल रहेको जेउडैखोलामा पनि बासको ब्यवस्था छ। 

राम्रो बाटो।
जेउडै खोला पुल। 
जेउडैमा रहेको होटल।

जेउडैखोलाबाट बिहान हिँड्दा माझघट्टभन्दा केही वरबाट मुर्मा गाउँ हुँदै मुर्माटप या सिधा रारातर्फ नै जान पनि सकिन्छ। 

Xtrem

Xtrem
मुर्मा टप चढ्दै।
मुर्मा टपबाट देखिएको रारा।
खुलेको रारा।
रारामा घाम अस्ताउँदै।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
विजय व्यक्तिगत होइन, कांग्रेस रूपान्तरणको साझा सङ्कल्प हो : उदय शमशेर राणा सोमबार, असोज २६, २०८३
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्