कर्णाली- मोटरसाइकलको ठक्करबाट बुधबार वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरेन्द्रनगर–१ का तीन वर्षीय समीर नेपाली रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालकलाई ठक्कर दिएलगत्तै फरार मोटरसाइकल तथा चालकको पहिचान खुल्न सकेको छैन।
प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त र स्थानीयवासी आन्दोलित भएका छन्। पीडित पक्षले टायर बालेर सडक अवरुद्व पारेपछि सुर्खेत-जुम्ला सडकखण्डको एरीचोकदेखि बांगेसिमलसम्म ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।