काठमाडौं– पर्सा प्रहरीले दुई युवकले खुट्टामा लुकाएर ल्याएको अवस्थामा करिब ५ किलो चरेस बरामद गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३ छप्कैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगञ्ज–३ का २३ वर्षीय धिरज पटेल छन्। श्रीवास्तवले खुट्टामा टेपले बाँधेर लुकाएर ल्याएको अवस्थामा २ किलो ४४५ ग्राम र पटेलले पनि त्यसैगरी लुकाएर ल्याएको अवस्थामा २ किलो ४४५ ग्राम गरी ४ किलो ८९० ग्राम चरेस बरामद भएको हो।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई वीरगञ्ज–१६ स्थित मितेरी पुल नजिकैको कच्ची सडकबाट पक्राउ गरेको हो । उनीहरु नेपालबाट चरेस लिएर भारततर्फ जाँदै गरेका बेला जाँचका क्रममा पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।