काठमाडौं–महानगरीय प्रहरी वृत्त कालीमाटीले अवैध रुपमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न ७ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका १४ कुलेश्वरका शिव श्रेष्ठले आफ्नै घरमा जुवा खेल्ने खेलाउने गरेको भन्न सूचनाका आधारमा वृत्तबाट खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा श्रेष्ठसहित काभ्रेको चौरीदेउराली ६ घर भई कुलेश्वर बस्ने यादव चौलागाईं, धादिङको थाक्रे ८ घर भई कलंकी बस्ने राजु पौडेल, चितवन भरतपुर १३ घर भई कुलेश्वर बस्ने राजीव श्रेष्ठ, सोही ठाउँ बस्ने केशवप्रसादु मुडभरी, बारा जितपुर घर भई कलंकी बस्ने श्याम तामाङ र कैलाली बर्दगोरिया ३ घर भई कालीमाटी बस्ने प्रेम बडुवाल छन्।
उनीहरुबाट २ लाख ३८ हजार ८ सय ५० नगद, ७ लाख ९४ हजार ८ सय ७० बराबरको विभिन्न बैंकका चेक ११ थान र १ बुक ताससमेत बरामद गरिएको वृत्त प्रमुख डिएसपी अपिलराज बोहराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।