काठमाडौं–नेवार समुदायका केही समूहले आज मंगलबार पनि भाइटीका लगाउँदैछन्। सरकारले नेवार समुदायको भाइटीका (किजापूजा) का लागि मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ।
आज बिहान केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायले भाइटीका लगाउन लागेका हुन्। तर, धेरैजसोले भने सोमबार नै भाइटीका लगाइसकेका छन्।
भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुल्लै रहने भएको छ। मन्दिर बिहान ५ बजेदेखि नै खुला गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मंगलबार पनि भाइटीका मान्नेहरूका दर्शनको व्यवस्था गरिएको बताए।
बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।