काठमाडौं- नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग आज दोस्रो खेल खेल्दै छ। पहिलो खेलमा २-० गोलअन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा भने बंगलादेशलाई पराजित गर्ने लक्ष्यमा छ।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा दिउँसो ४:४५ मिनेटमा बंगलादेश र नेपाल प्रतिस्पर्धा गर्न लागेका हुन्। करिब एक वर्षपछि अन्तर्राष्ट्रिय खेल खेलेको नेपाल कठिन अवस्थामै बंगलादेशसँग खेल्नु परेको थियो। राष्ट्रिय टिमका चार खेलाडीलाई कोरोना भाइरस लागेपछि ८ जना नयाँ खेलाडीलाई समेट्दै ढाका प्रस्थान गरेको थियो।
पहिलो खेलमा नेपालका तीन खेलाडीले बंगलादेशविरुद्ध डेब्यु गरेका थिए। राष्ट्रिय टिममा विकास खवास, एरिक बिष्ट र दर्शन गुरुङले डेब्यु गरे।
किरण चेम्जोङको कप्तानीमा रहेको नेपाल बंगलादेशसँग अन्तिम खेलमा विजयी हुँदै सान्त्वना जित निकाल्ने दाउमा छ। यता बंगलादेश भने दोस्रो खेलमा पनि नेपाललाई पराजित गर्न चाहन्छ। योहान कालिनको अनुपस्थितिमा बंगलादेशविरुद्ध बालगोपाल महर्जन नेपालको मुख्या प्रशिक्षक रहेका छन्। उनकै मुख्य प्रशिक्षणमा नेपालले सन् २०१८ को साफ च्याम्पियनसिपमा बंगलादेशलाई उसैको भूमिमा २-० ले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।