सांकेतिक तस्बिर
बाग्लुङ- बाग्लुङका विभिन्न स्थानबाट नगदसहित १६ जना जुवाडे पक्राउ गरेका छन्। आइतबार राति बागलुङ नगरपालिका–६ भान्सा र सोही वडाको ठूलढुङ्गामा जुवातास खेलिरहेका अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन्।
बागलुङ नगरपालिका–६ ठूलढुङगाका तिलकबहादुर थापाको घरबाट ६७ हजार सात सय नगदसहित ८ जना पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका दिलबहादुर थापा, झकबहादुर थापा, यमबहादुर थापा, धनबहादुर थापा, तिलक थापा, दलबहादुर थापा, तीर्थबहादुर थापा र दिलबहादुर छन्त्याल छन्।
यसैगरी बाग्लुङ नगरपालिका–६ भान्साका शिव केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेको बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए। उनका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका राजन सापकोटा, कुलबहादुर केसी, मानबहादुर केसी, रामकृष्ण सापकोटा, दिपक सापकोटा, इश्वर केसी, सागर केसी र दिपेश सापकोटा छन्।
उनीहरुको साथबाट ८५ हजार ६८० नगदसहित केही थान ताससमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक रेग्मीले बताए। पक्राउ परेका सबैलाई कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको उनको भनाइ छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।