काठमाडौं- काठमाडौंको खुलामञ्चमा निशुल्क रूपमा खाना वितरण गर्दै आएको हाम्रो टिम नेपालले खुला भाइटीका पनि खुलामञ्चमा नै मनाएको छ। आइतबार निशुल्क खाना खान आएकाहरूलाई टिमले टीका तथा टोपी लगाइदिएर भाइटीका मनाएको हो।
गत चैत ११ मा सरकारले लकडाउन घोषणा गरेयता दिनहुँ दुई छाक खानाको व्यवस्था गर्दै आएको हाम्रो टिम नेपालले भाइटीका मनाएको फोटो पोस्ट गर्दै दाजुभाइलाई ढाकाटोपी सहित माला र दिदिबहिनीलाई दक्षिणासहित विभिन्न परिकार खुवाएर रमाइलो गरी मनाइएको बताएको छ।
'यो बिरानो सहरमा, रोग र भोकको संकटबिच भेटिएकाहरूका नै आफन्त बन्यौं, खुशी साट्यौं अनि रमाईलो तिहार मनायौँ,' टिमले ट्विट गरेको छ।
हाम्रो टिमको निशुल्क खाना खुवाउने अभियानलाई विभिन्न संघसंस्थाहरूले सहयोग गर्दै आएका छन्। हाम्रो टिमले दसैँ पनि खुला रूपमा खुलामञ्चमा नै मनाएको थियो।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।