काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाइटीका लगाएका छन्। बहिनी कौशल्या कोइरालाका हातबाट प्रधानमन्त्री ओलीले भाइटीका लगाएका हुन्।
बिहान शुभसाइतमा कौशल्याले दाजु केपी शर्मा ओली र भाउजू राधिका शाक्यलाई बालुवाटारमा भाइटीका लगाइदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
सो अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यलाई टीका लगाइदिएका थिए। कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले एक मात्रै बहिनीले भाइटीका लगाइएको थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।