डडेल्धुरा- एक अज्ञात समूहद्वारा डडेल्धुरामा २ वटा मोटरसाइकलमा आगजनी भएको छ।
गएराति करिव साढे १ बजेतिरको समयमा जिल्लाको अमरगढी नगरपालिका- ५ का रमेश प्रसाद जोशी र सुरेश मल्लको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए।
जोशीको से १ प ५३९४ र मल्लको से ४ प १४३ नम्बरको मोटरसाइकलमा आगजनी भएको उनले जानकारी दिए।
प्रहरी निरीक्षक चन्दका अनुसार मोटरसाइकलमा आगजनी गरिरएको हो वा होइन, गरिएको भए कसले र किन गर्यो भन्नेबारे अहिले खुलिनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ। जोशी नागरिक समाज डडेल्धुराका संयोजक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।