• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

चितवनमा मोटरसाइकल चोरीका घटना बढ्दो, हराएको अनुपातमा भेट्टाउने कम

64x64
रासस आइतबार, कात्तिक ३०, २०७७  १०:४०
1140x725

चितवन- चितवनमा किनमेलका लागि जाँदा सवारी साधन पार्किङ गरेको अवस्थाबाट होस् अथवा घुम्न जाने क्रममा राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ। विशेषगरी बजाज कम्पनीका पल्सर मोटरसाइकल र केटिएम डुकजस्ता महङ्गा मोटरसाइकल धेरै मात्रामा हराएको उजुरी पर्ने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनमा मोटरसाइकल हराएको उजुरी परेको आधारमा भेटिएको मोटरसाइकल ज्यादै न्यून छ। मोटरसाइकलको सुरक्षा संयन्त्र निकै कमजोर भएको हुँदा जोकोहीले पनि सजिलै चोर्न सक्ने प्रहरीको भनाइ छ। जिल्लामा सिसीटिभी क्यामेराको सञ्जाल नहुँदासमेत चोरीमा संलग्न हुने व्यक्तिलाई पक्राउ गर्न असमर्थ हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ बताउँछन्।

पछिल्लो समय चितवन प्रहरीले कात्तिक २३ गते चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न सात जनालाई सार्वजनिक गरेको थियो। जिल्लाको मुख्य बजार क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्नलाई प्रहरीले ग्राहक बनेर पक्राउ गर्न सफल भएको गुरुङले बताए। उनीहरुले मोटरसाइकल चोरी गरेपछि तुरुन्तै टाढा नलैजाने भन्दै गुरुङले चोरीको मोटरसाइकल कतै झाडीमा फालेर जाने र दुई/तीन घण्टापछि अर्को व्यक्ति आएर लिएर जाने गरेको अनुसन्धानबाट खुलेको बताए।

Ncell 2
Ncell 2

आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म जिल्लामा १५४ वटा मोटरसाइकल हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताए। चोरी भएकामध्ये ३५ मोटरसाइकल फेला परेको भन्दै थापाले २३ मोटरसाइकल मात्रै धनीलाई फिर्ता गर्न सफल भएको जानकारी दिए। गत वर्ष २०७६/७७ मा दुईवटा मोटरसाइकल तथा यस वर्ष एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको भन्दै थापाले यस वर्ष बेवारिसे अवस्थामा फेला पारिएको मोटरसाइकल धनीलाई फिर्ता गरिएको बताए।

चितवनमा आर्थिक वर्ष २०७५/७६ मा ४१ वटा मोटरसाइकल चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेका थिए। तीमध्ये सात मोटरसाइल फेला पारेर सवारी धनीलाई फिर्ता गरिएको प्रवक्ता थापाले जानकारी दिए। मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले यस वर्ष विभिन्न छ जनालाई पक्राउ गरेको थियो। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ७५ वटा मोटरसाइकल चोरी भएको उजुरी प्रहरीमा परेकामा १० मोटरसाइकलमात्रै फेला परेका छन्। फेला परेको मोटरसाइकलमध्ये नौ मोटरसाइकल मात्रै सवारी साधनका धनीलाई फिर्ता गर्न सकिएको थापाले बताए। यस वर्ष चितवन प्रहरीले मोटरसाइकल चोरीमा संलग्न १३ व्यक्ति पक्राउ गर्न सफल भएको थियो।

चालु आर्थिक वर्ष २०७७/७८ को करिब चार महिनाको अवधिमा जिल्लामा ३७ वटा मोटरसाइकल हराइसकेका छन्। हराएका मोटरसाइकलमध्ये आधा पनि भेटिएका छैनन्। जिल्लामा हराएकामध्ये १५ मोटरसाइकल भेट्टाएर छ वटा सवारी साधनका धनीलाई फिर्ता गरिएको प्रहरीको भनाइ छ। करिब चार महिनाको अवधिमा प्रहरीले १२ जनालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको छ।

मोटरसाइकल चोरीका घटना बढे पनि भेटिने अनुपात साह्रै न्यून भएकाले प्रहरीले लामो समयसम्म मोटरसाइकल पार्किङ गरेर राख्नुपर्ने अवस्थामा चेन तथा अन्य तरिकाबाट लक गर्न सुझाव दिएको छ। चाबीको भरमा मोटरसाइकल छोडिँदा चोरीको दर बढ्दै गएको प्रहरी उपरीक्षक गुरुङले बताए। मोटरसाइकल चोर्ने र ती मोटरसाइकलको नक्कली कागजपत्र बनाएर बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै गुरुङले सामान्य अवस्थामा नक्कली र सक्कली कागजपत्र छुट्याउन नसकिने बताए।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
पृथ्वीनारायण शाहको तस्बिरबारे जंगी अड्डा- राष्ट्र निर्माता तन्त्र र वादभन्दा माथि भनिएको छ, ‘संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अ... सोमबार, पुस ७, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन्। उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्छ। हत्... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड बुधबार, पुस १६, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई बुधबार, पुस १६, २०८२
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्