काठमाडौं– डिफेन्डिङ च्याम्पियन पोर्चुगल नेसन्स लिग फुटबलमा फ्रान्ससँग पराजित भएको छ। शनिबार राति भएको खेलमा घरेलु टिम पोर्चुगल फ्रान्ससँग १–० गोलले पराजित भएको हो।
फ्रान्सको जितमा एक मात्र गोल नगोलो कान्टेले गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको फ्रान्सले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो। खेलको ५३ औं मिनेटमा कान्टेले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाए। निकै प्रतिस्पर्धात्मक भएको खेलमा बाँकी समयमा पोर्चुगलले गोल गर्न नसक्दा फ्रान्ससँग आफ्नै भूमिमा पराजित भएको हो।
त्यस्तै, समूह ‘ए’ कै सी मा भएको अर्को खेलमा स्वीडेनले क्रोसियालाई २–१ गोलअन्तरले पराजित गरेको छ। खेलको पहिलो हाफमा दुई गोल गर्दै अग्रता बनाएको स्वीडेनले दोस्रो हाफमा आत्मघाती गोल खाँदै २–१ गोलले जितेको हो।
शीर्ष स्थानमा रहेको फ्रान्सले जितसँगै पाँच खेलमध्ये चारमा जित र एकमा बराबरी खेल्दै १३ अंक बनाएको छ। पराजित पोर्चुगलको पाँच खेलबाट १० अंक रहँदा पराजित भएपनि क्रोसिया पाँच खेलबाट ३ अंक बनाएर तेस्रो स्थानमा रहँदा स्वीडेनले भने पहिलो जित निकालेको हो। स्वीडेनको पनि पाँच खेलबाट तीन अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।