काठमाडौं– जर्मनीले नेसन्स लिग फुटबलमा युक्रेनलाई पराजित गरेको छ। नेसन्स लिगअन्तर्गत समूह ‘ए’ को ‘डी’ मा भएको खेलमा जर्मनीले युक्रेनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम जर्मनीको जितका लागि टिमो वर्नरले दुई र लिरो सानेले एक गोल गरे। युक्रेनका रोमन यारेम्चुकले एक गोल गरे। जर्मनीले उत्कृष्ट पुनरागमन गर्दै युक्रेनविरुद्ध जित निकालेको हो। खेलको १२ औं मिनेटमा नै रोमनले गोल गर्दै घरेलु टिम जर्मनीविरुद्ध युक्रेनलाई १–० गोलको अग्रता दिलाए।
जर्मनीले उत्कृष्ट पुनरागमन गर्दै एक गोलको बदला तीन गोल गर्न सफल भयो। जर्मनीका लागि सानेले खेलको २३ औं मिनेटमा गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरी दिलाए। खेलको ३३ औं मिनेटमा वर्नरले गोल गरेपछि जर्मनीले २–१ गोलको अग्रता दिलाए। पहिलो हाफमा २–१ गोलको अग्रता लिएको जर्मनीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको ६४ औं मिनेटमा वर्नरले गोल गर्दै ३–१ गोलको जित दिलाए।
समूह ‘ए’ को डी मा रहेको जर्मनीले जितसँगै जितसँगै शीर्ष स्थानमा उक्लिएको छ। जर्मनीको पाँच खेलमध्ये दुई खेलमा जित र तीन खेलमा बराबरीसहित ९ अंक छ। पराजित युक्रेनको पाँच खेलबाट ६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।