काठमाडौं–धनुषामा २६ वर्षीया महिलामाथि उनकै पतिले एसिड प्रहार गरेका छन्।
महिलामाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले उनका २७ वर्षीय पति सञ्जीव साहलाई जनकपुरधाम उपमहागरपालिका ४ संकटमोचन स्कुलनजिक डेराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए।
घटनालगत्तै प्रहरीले सञ्जीवलाई पक्राउ गरेको हो। बिहान उनीमाथि एसिड आक्रमण भएको थियो।
३ वर्षअघि विवाह भएकोमा पतिसँग राम्रो सम्बन्ध नभएकै कारण उनी माइतीमा बस्दै आएकी थिइन्। श्रीमानले माईतमै आएर एसिड प्रहार गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।