• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ९, २०८२ Sun, Oct 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाको २ पाने, ५ पाने र १९ पानेमा के छ? [तीनै दस्तावेजको पूर्णपाठ]

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २८, २०७७  २२:३२
1140x725

काठमाडौं- शुक्रबारको नेकपा सचिवालय बैठकमा दुई अध्यक्षहरूबीच भएका पत्रहरू अध्ययनका लागि सबै सचिवालय सदस्यलाई वितरण गरिएको थियो। तीमध्ये केही पत्रहरू सार्वजनिक भएका छन्। 

प्रचण्डसहित सचिवालयका ५ जना सदस्यले गत शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई २ पाने पत्र बुझाएका थिए। सो पत्रमा तत्काल सचिवालय बैठक बोलाउन माग गरिएको थियो। 

शुक्रबार (आज)को बैठकमा अध्यक्ष प्रचण्डले १९ पाने फरक राजनीतिक दस्तावेज पनि पेस गरेका थिए। यसका साथै उनले छुट्टै ५ पाने पत्र पनि अध्यक्ष ओलीलाई लेखेका छन्। यी तीनै दस्तावेज यहाँ संकलन गरिएको छ। 

१. गत शनिबार कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ जनाले अध्यक्ष ओलीलाई बुझाएको २ पाने पत्रको पूर्णपाठ

कमरेड अध्यक्ष केपी शर्मा ओली,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

विषयः केन्द्रीय सचिवालयको बैठक बोलाउने बारे ।

पार्टीमा उत्पन्न अन्तरविरोध र मतभेदको समाधान गर्दै एकतावद्ध भई देश र जनताप्रतिको दायित्व पूरा गर्ने उद्देश्यले कार्यदल गठन गरी त्यसको प्रतिवेदनको आधारमा गत भाद्र २६ गते स्थायी कमिटीको बैठकले महत्वपूर्ण निर्णय गरेको थियो । उक्त निर्णय, कोरोना विषाणुको बढ्दो संक्रमणबाट उत्पन्न विषम परिस्थिति, पार्टीको वहत्तर हित एवं एकता, राष्ट्रिय महाधिवेशनको तयारी लगायत पार्टी जीवनलाई गति प्रदान गर्ने तथा राष्ट्रियता र जनजीविकासंग सम्बन्धित कतिपय ज्वलन्त समस्याहरुको समाधानमा सरकारका काम-कार्वाई प्रभावकारी तुल्याउने समेत उद्देश्यका साथ गरिएको तथ्य स्पष्टै छ । स्थायी कमिटीको बैठकका निर्णयहरुलाई अध्यक्षद्वयको हस्ताक्षरबाट पार्टीमा निर्देशनको रुपमा प्रेषित गरिएबाट पार्टीपंक्तिमा उत्साह जागेको थियो । पार्टी र सरकारका सवै कामहरु उक्त निर्देशन अनुरुप गतिका साथ कार्यान्वयन हुनेछन् भन्ने अपेक्षा गरिएको थियो । तर ब्यबहारमा त्यस्तो हुन सकेन । यो स्थितिको निम्ति प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष क के पी शर्मा ओली नै जिम्मेवार हुनुहुन्छ ।तपाईले पार्टी एकतालाई रक्षा गर्दै पार्टी र सरकारलाई बिचार नीति तथा बिधि ,पध्दतिका आधारमा सञ्चालन गर्ने मर्मका साथ लिईएको पार्टी निर्णयको कार्यान्यायनमा तत्परता प्रदर्शन गर्नुको सट्टा त्यसको अवज्ञा गर्नुभयो । यसले पार्टीमा पुनःसंकट उत्पन्न गरेको छ र आम पार्टी पंत्तिमा गम्भीर चिन्ता छाएको छ।

यसबीचमा कोभिड-१९को संक्रमणको विस्तारको तीब्रताको कारणबाट नागरिकको स्वास्थ्य र जनजीवीकाको क्षेत्रमा थप संकट देखिएकाले त्यसलाई सम्बोधन गर्न तत्काल ठोस कदम चाल्न समेत जरुरी हुन गएको छ । यस अतिरिक्त कर्णाली प्रदेशमा देखिएको आन्तरिक विवाद , पर्सामा पार्टी भित्रैको आक्रमणबाट भएको कार्यकर्ताको हत्या भारतको जासुसी संस्था 'र'प्रमुखको नेपाल भ्रमण लगायतका महत्वपुर्ण तथा संवेदनशील विषयहरुमा छलफल ,स्पष्टता र समाधानको आवश्यकता देखिएको छ । यी सबै बिषयहरुमा छलफलका लागि छिटो सचिवालयको वैठक राख्न सचिवालयका विभिन्न कमरेडहरुले लिखित मौखिक अनुरोध गर्नुभयो । यस स्थितिमा समग्र पक्षहरुमाथि ध्यान दिदै कार्यकारी अध्यक्ष क.पुष्पकमल दाहाल “प्रचण्ड”ले तपाईसंग पार्टी निणर्य कायान्वयनको समीक्षा गर्न ,कोभिड-१९बाट उत्पन्न सम्वेदनशील स्वास्थ्य तथा आर्थिक संकट समाधान गर्ने कदम चाल्न पार्टीमा देखापरेको समस्या र संकटको निवारण गर्न पार्टी एकताको रक्षा गर्दै पार्टी जीवनलाई स्वाभाविक गति दिन र सरकारलाई प्रभावकारी तथा लोकप्रिय बनाउन तत्काल पार्टी सचिवालयको वैठक राख्न वारंवार सहमतिका लागि जोड गर्नुभयो।

Ncell 2
Ncell 2

यसबीच अनेक पटक अध्यक्ष कमरेड प्रचण्डले बैठक बोलाउन अनुरोध गर्दा समेत अध्यक्ष कमरेड केपी शर्मा ओलीले बेवास्ता गरिरहनुभयो । सबै राजनीतिक नियुक्तिहरुलाई सचिवालयलाई जानकारी दिने तथा सुझाव लिएर मात्र कार्यान्वयन गरिनेछ भनी कमरेड केपी शर्मा ओलीकै अध्यक्षतामा समेत बसेका स्थायी कमिटी र सचिवालयले पटक पटक गरेका निर्णयका विपरित आफू खुसी सबै राजनीतिक नियुक्ति गर्न थाल्नु भएपछि स्थिति झनै गम्भीर बन्यो।

उपरोक्त अवस्थालाई मध्यनजर गरेर कार्यकारी अध्यक्ष कमरेड अध्यक्षले बालुवाटार प्रधानमन्त्री निवासमा पुगेर सचिवालयको बैठक बस्न अनुरोध गर्दा एकाएक अब पार्टी एकता समाप्त भयो, आआफना पार्टी चलाउन लागौं भनेर ठाडो जवाफ दिनुभयो ।फेरि पनि उत्तेजनामा नआउन अनुरोध गर्दै जेजे भन्नु पर्ने हो ती सबै सचिवालयको बैठकमै छलफल गरेर टुंगो लगाऔं भन्दा सचिवालय तपाईंको गुट हो, स्थायी कमिटि हुल्लडवाज कमिटी हो र केन्द्रीय कमिटी सडकछाप कमिटी हो, यिनीहरुको बैठकको के आवश्यकता भन्दै पार्टीका यी सर्वोच्च निकायलाई अपमान गर्न थाल्नु भयो ।त्यतिमात्र होइन यी सबै कमिटीमा तपाईंको बहुमत छ, मैले यी कमिटीहरुको बहुमतलाई मान्दै मान्दैन पनि भन्नु भयो।

अध्यक्ष प्रचण्डले म कार्यकारी अध्यक्षको हैसियतले बैठक बोलाउछु र छलफल चलाई समस्या समाधान गर्न पहल गर्छ भन्दा त्यसो गरेकै दिन पार्टी फुट्यो भनेर आफूले लिने बताउनुहुदै बैठक बस्न असहमति जनाउनु भयो र कार्यकारी अध्यक्षको हैसियत नमान्ने भावको अभिव्यक्ति दिनुभयो। तत्पश्चात कार्यकारी अध्यक्षको तर्फबाट २०७७ कार्तिक १ गते पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाईयो । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका पार्टी अध्यक्षको यस्तो विचारले उक्त अनौपचारिक बैठकमा उपस्थित हामी सवैलाई ज्यादै चिन्तित र गम्भीर बनाएको छ ।

हाम्रो दृढ धारणा छ राष्ट्र तथा जनताको हित पार्टी तथा आन्दोलनको आवश्यकता आम कार्यकर्ता तथा शुभेच्छुकको चाहाना र जनादेशलाई केन्द्रमा राख्दै पार्टीको विधि ,पध्दति र निर्णय लाई सबैले पालना एवं कार्यान्वयन गर्ने गरी पार्टी एकताको रक्षा गर्नु र जनताले अहिले भोगिरहेको संकट तथा कष्टको समाधान गर्नु आजको अपरिहार्य आवश्यकता हो । त्यसको लागि तत्काल सचिवालयको र त्यसपछि आवश्यकता अनुसार अन्य केन्द्रीय निकायहरुको बैठक बस्नु अनिवार्य भएको छ । तसर्थ हामी तपाईलाई कार्यकारी अध्यक्षको तर्फवाट वैठकको आयोजना गर्न गरिएको पहलप्रति सहमति जनाउदै यथाशीघ्र सचिवालयको वैठक बस्न अनुरोध गर्दछौं ।
हार्दिक अभिवादन सहित !
पुष्पकमल दाहाल 'प्रचण्ड'- अध्यक्ष
माधव कुमार नेपाल -वरिष्ठ नेता
झलनाथ खनाल -वरिष्ठ नेता
वामदेव गौतम - उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ - प्रवक्ता

२. शुक्रबार अध्यक्ष प्रचण्डले ओलीलाई लेखेको ५ पाने पत्रको पूर्णपाठ
मितिः २०७७/०७/२८  
कमरेड के.पी. शर्मा ओली  
अध्यक्ष  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  
  
प्रिय कमरेड, 
म लगायत सचिवालयका दुई जना वरिष्ठ नेता कमरेड  झलनाथ खनाल, कमरेड माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत ५ जना सदस्यले हस्ताक्षर गरी  सचिवालयकै बैठकका निमित्त कमरेडसँग सहमति खोजेको पत्र र त्यसमा  गरिएका केही आलोचनात्मक टिप्पणीबारे तपाईंले दिनुभएको दश पृष्ठ लामो  प्रत्युत्तर प्राप्त भयो । सबैभन्दा पहिले त म कमरेडलाई विशेष धन्यवाद दिन  चाहन्छु । किनकी आज पार्टी, सरकार र देशकै अगाडि देखापरिरहेका समस्या र चुनौतिहरुका सम्बन्धमा वैचारिक छलफलको विषयलाई “खुल्ला गरौं र  खुल्ला छलफल गरौं” भन्नुभएको छ । साथै कमरेडले पत्रमा “कहिँ कतै  कमी भए खुल्ला छलफल गरौं, सच्चाउँ र अघि बढौं” पनि भन्नुभएको छ ।  मैले तपाईंसँग छलफलमा होस् वा कमिटीका बैठकमा सधैं नै खुल्ला र  पारदर्शी वैचारिक, राजनैतिक र सांगठनिक छलफलको आग्रह गर्दै आएको  छु ।

यस सन्दर्भमा तपाईंको यो लामो पत्रले अब पार्टीमा स्पष्ट र खुल्ला  वैचारिक छलफल हुनेछ र विधि संगत ढंगले लिईने पार्टीका निर्णयहरु सबैले  मानेर जाने वातावरण बन्नेछ भन्ने आशा लिएको छु । मलाई गहिरो गरी  लाग्ने गरेको छ कि आज पार्टीका अगाडि देखापरेका समस्याहरुको प्रमुख र  चुरो कारण वैचारिक–राजनैतिक विषयमा खुल्ला र स्पष्ट छलफलको अभाव, कमिटीहरुको नियमित बैठक र सामुहिक निर्णय एवम् व्यक्तिगत  जिम्मेवारीको वैज्ञानिक मान्यताबाट विचलित हुनु हो ।  

यस अर्थमा पत्रमा उल्लेखित कयौं विषयहरुमा मतान्तर भए पनि अब  पार्टीमा हुने छलफल र बहसहरु बढी गम्भीर एवम्विषय केन्द्रित हुनेछन्र  मुख्यतः पार्टीका घोषित वैचारिक–राजनैतिक दिशा, कार्यक्रम, विधान र  पद्दति अनुरुप हुनेछन्भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । 

अब म पत्रमा उठाइएका कतिपय विषयहरुमा संक्षिप्त टिप्पणी मात्र  गर्न चाहन्छु । किनकी तपाईंले उठाएका कयौं विचार, राजनीति, संगठन र  आचरण सम्बन्धी विषयबारे मैले सचिवालयमा अलग प्रस्ताव नै पेश गर्दैछु ।  सो प्रस्तावमा हुने बहस–छलफलले पार्टीलाई नयाँ आधारमा नयाँ एकता  कायम गर्न मद्दत पुग्ने विश्वास पनि लिएको छु । 

समग्र पत्रको अध्ययन गर्दा र त्यसमा अभिव्यक्त मत, भावना र  आशय हेर्दा मैले दुःखका साथ भन्नुपर्दछ कि यो चिप्ला र गुलिया शब्दजाल  भित्र प्रस्तुत गरिएको झुटको पुलिन्दा हो । अनुभूतिको तहमा मैले यसलाई  “विष कुम्भम् पयो मुखम्” का रुपमा महशुस गरेँ । पार्टी अध्यक्ष र  प्रधानमन्त्री जस्तो गहन जिम्मेवारीमा रहेका तपाईं कमरेडबाट तथ्यहरुको  यतिधेरै तोडमरोड र यति तल उत्रिएर झुटको खेती गर्न सक्नुहुँदो रहेछ  भन्ने कुराले मलाई निकै आश्चर्य चकित र चिन्तित तुल्याएको छ ।

हजारौं  तर्क भन्दा एउटै तथ्य शक्तिशाली हुन्छ कमरेड । म तपाईलाई  गम्भीरतापूर्वक चुनौति दिन चाहन्छु मैले कहाँ र कहिले मन्त्रीमण्डलको  पुनर्गठनको सन्दर्भमा उपप्रधानमन्त्री कमरेड ईश्वर पोख्रेल र गृहमन्त्री  कमरेड रामबहादुर थापाको निरन्तरतामा असहमति जनाएँ ? पेरिसडाँडामा बसेको सचिवालयको बैठकदेखि आजसम्म पनि मैले पार्टीलाई संकटबाट  बचाइएको कारण स्थायी समितिको बैठकपछि आम पार्टी पंक्ति र आम  जनसमुदायमा पनि निकै सकारात्मक सन्देश गएको छ, अब मन्त्रीमण्डलको  व्यापक पुनर्गठन गरेर जाँदा राम्रो हुने मत राख्दै आएको छु । तर, त्यसो  भनिरहँदा मैले सधैं नै तपाईंले आवश्यक ठानेका जिम्मेवार कमरेडहरुलाई  भने निरन्तरता दिन उपयुक्त हुन्छ पनि भन्दै आएको छु ।

अझ तपाईंसँग  धेरैपटक मुख्यरुपमा कमरेड ईश्वर पोख्रेल, कमरेड रामबहादुर थापा र  कमरेड प्रदीप ज्ञवालीका हकमा निरन्तरता दिनु पर्दछ भन्दै आएको र  कमरेड रामबहादुर थापाको हकमा तपाईंसँग गत सालदेखि नै उपप्रधानमन्त्री  बनाउनु पर्दछ भन्नेविचार राख्दै आएको सन्दर्भमा तथ्यको र यति भयानक  झुटको पर्दाले छोप्ने तपाईको नियतलाई अब मैले के बुझ्ने कमरेड ? अति  गर्नु, अतिचार नगर्नु भन्छन् यो देख्दा त मलाई पनि भन्न मन लागेको छ,  “एनअफ इज एनअफ” । नेताहरुका बीचमा समन्वय कायम गर्न पहल  गर्नुको सट्टा एकअर्काका विरुद्ध जुधाउन र चलखेल गर्न खोज्ने कुराको यो  भन्दा ठूलो प्रमाण अरु के हुनसक्छ ? 

दुई अध्यक्ष बीचको कार्यविभाजनको सन्दर्भमा तपाईंले जहिले पनि  हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गर्दै आएको कुराले मलाई  निकै ठूलो पीडा र अपमानबोध गराएको छ । पार्टी एकताको बेलाको समान  हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकार समेत मैले तपाईंको  जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ । तर, मैले जति  त्याग ग¥यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो ।  २०७६ मार्ग ४ गते कार्यकारी अध्यक्षको हैसियतमा मैले पार्टी काममा  केन्द्रित हुने र मेरै प्रस्तावमा देशमा सरकार पुरै कार्यकाल तपाईंले  चलाउनेसम्मका निर्णय भएको दुई दिन नबित्दै तपाईंले मेरो कार्यकारी  हैसियतमाथि सार्वजनिक रुपमा चुनौति दिएर खुल्ला अवज्ञा गर्नुभयो । 
केन्द्रीय समितिको दोस्रो बैठकको सफलतापछि त तपाईं र तपाईं निकटका  कमरेडहरु भेला नै गरेर अब प्रचण्ड र पूर्व माओवादीमाथि हमलाको  अभियान चलाउने निर्णय गर्नुभयो र देशव्यापी अभियान चलाउनु पनि भयो  । त्यो प्रक्रियाका उत्कर्ष मेरो अध्यक्षका कुर्सी हटाएर अपमानित गर्ने  स्तरसम्म उत्रिनुभयो । त्यतिबेला मेरो ‘गल्ती’ भनेको पार्टीभित्रका सबै  प्रवृतिहरुलाई समेटेर बैठक सफल पार्नुथियो ।

अहिले पनि दुई अध्यक्षका बीचमा जे भएपनि पार्टी एकता अगाडि  बढाउनुको विकल्प छैन । समझदारी बनाएर जाउँ भन्ने सहमतिमा कार्यदल  गठन गरियो । र, त्यसको प्रतिवेदनका आधारमा भाद्र २६ गते स्थायी  समितिले ठोस प्रस्ताव पारित ग¥यो । यो प्रक्रियामा कार्यदलप्रति तपाईं  गम्भीर नभएको संकेत कार्यदलको संयोजकले दुबै अध्यक्षलाई भेटेर  यसबीचमा विवाद हुने अभिव्यक्ति नदिनु र सरकारबाट विवाद हुने निर्णय  नगर्न सुझाव दिएपछि तपाईंले श्रृंखलावद्ध रुपमा मेरो र वरिष्ठ नेताहरुका  विरुद्ध गालीगलौजमा उत्रेका पात्रहरु छानीछानी नियुक्ति गरेबाट स्पष्ट भएकै  थियो । स्थायी समितिको भाद्र २६ गतेको बैठकमा समेत बसेर कमरेडहरुका  कुरा सुन्ने, आफ्ना कुरा भन्ने बिषयमा तपाईंको अरुची प्रकट भएको थियो ।  २९ भाद्रमा जारी भएको अपानी र तपाईंले आफ्नो पत्रमा गरेका चार  बुँदामा २८ गते नै म र महासचिव समेत उपस्थित छलफलमा आफ्नो  असहमति जनाउनुभयो । मैले कमरेडलाई यो त हामीले नै सहमति गरेर  स्थायी समितिबाट सर्वसम्मत रुपले पारित भएको बिषय हो, अहिले यसलाई  हेरफेर गर्न सकिदैन भनेपछि र हेरफेर नै गर्ने हो भने तुरुन्त स्थायी  समितिको बैठक बस्नुपर्छ भन्ने कुरा राखेपछि भारी मनले सहमति त  जनाउनुभयो । तर, त्यसबाट मलाई तपाईं स्थायी समितिको निर्णय  कार्यान्वयन गर्ने पक्षमा नभएको शंका उत्पन्न हुनु स्वभाविक थियो । 

एकातिर तपाईं कार्यकारी अध्यक्ष दिईसकेपछि गरेर देखाउनु प¥यो  भन्नुहुन्छ, अर्कोतिर १ नम्बर पनि मै हो, कार्यकारी पनि मै हो भनेर एकता प्रक्रियादेखि अन्य कुनै पनि काम आफ्नो सहमति बिना हुन नसक्ने कुराको  अड्डी लिनुहुन्छ । यसलाई हलो हड्काउने र गोरु चुट्ने काम बाहेक अरु के  बुझ्ने कमरेड ? 

राजदूत नियुक्तिका सन्दर्भमा हाम्रोबीचमा छलफल अवश्य भएको हो  तर सबै कुरा मिलेको पनि होइन । त्यो भन्दा पनि मुख्य कुरा राजदूत  नियुक्ति गर्नु अघि स्थायी समितिको मर्म र भावना अनुसार एकपटक  सचिवालयमा परामर्श, छलफल गरेर मात्र निर्णय गर्नुपर्दछ भन्ने मेरो  भनाईमा कमरेडले ‘हुन्छ’ भनेर सहमति पनि जनाउनुभयो । तर, म  बालुवाटाबाट निस्किए पछि त्यसै दिनको क्याविनेटबाट मलाई पनि थाहा  नदिईकन राजदूत नियुक्ति गर्नुभयो । अहिले पत्रमा सबै कुरालाई सल्लाहले  गरेको हुँ भन्नु दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड ? 

एउटा कार्यकारी अध्यक्षले वरिष्ठ नेताहरु एवम् सचिवालयका  सदस्यहरुसँग गरेको भेटघाट र सरसल्लाहलाई तपाईं गुटबन्दी ठान्नुहुन्छ ।  तपाईंले प्रतिष्ठानका नामबाट हुने गुटबन्दीजन्य क्रियाकलाप तत्काल रोक्ने र सचिवालयमा सल्लाह गरेर तिनका बारेमा उपयुक्त निर्णय लिने भन्ने  स्थायी समितिको निर्देशन विपरित तपाई समेतको निर्देशनमा कहिँ  जिल्लास्तरीय, कहिँ प्रदेशस्तरीय भेला गरी प्रतिष्ठानका स्थानीय क्रियाकलाप  अझ बढाउने र जबजका पक्षमा व्यापक अभियान चलाउन दिएको निर्देशन  के हो नि कमरेड ? अनि बालुवाटारमा विभिन्न प्रदेश र जिल्लाबाट बोलाएर  रातिराति गरिने भेला बैठकहरु गुटबन्दी होइनन्र ? अर्काको आङ्गको जुम्रा  देख्ने र आफ्नो आङ्गको भैसी पनि नदेख्ने भनेको यहि होइन र ? 

कमरेडले पत्रमा बर्दिवास र पर्सा घटनाको उल्लेख यसरी गर्नुभएको  छ कि त्यहाँ मैले नै मारामारी गराउन चाहेको हो । यो भन्दा ठूलो झुट के  हुन सक्छ । कमरेड मुकेश चौरसियाको हत्याको बिषयमा जाहेरी दर्ता गर्ने  सन्दर्भमा देखिएको जात्रा सबैलाई थाहा छ । यो दोषीले झन् चर्को स्वरमा  आफ्नो दोष लुकाउन खोजेको अर्थ लाग्दैन र ? 
कोरोना संकटबारे प्रश्न गर्न केन्द्रीय प्रवक्ता कमरेडले दुईदुई पटक  पत्र लेखेर सचिवालयको बैठक माग गरेको तथ्यलाई के भन्नुहुन्छ कमरेड ?  मैले तत्काल बोलाउन अफ्ठ्यारो छ भने पनि महासचिवका तर्फबाट पत्रको  जवाफ त दिउँ भन्दा पनि बेवास्ता गर्ने कोभिड–१९का विरुद्ध जुझ्न सबै  राष्ट्रिय शक्तिलाई एकतावद्ध गरी केन्द्रदेखि स्थानीय स्तरसम्म सरकारकै  नेतृत्वमा साझा संरचना निर्माण गरौं भनेर मैले बिषय राख्दा व्यङ्ग्य कस्ने  र खिल्ली उडाउने तपाईं अनि हामीलाई दोषी भनेर आरोपित गर्न मिल्छ ? 
पार्टी एकताको वैचारिक, राजनैतिक, संगठनात्मक र भावनात्मक  आधारमाथि प्रहार गर्ने तपाईं अनि यसो नगरौं भनेर आग्रह गर्ने म सधैंको  कचकचे हुने ? यो तपाईंको दृष्टिदोषको समस्या हो भनेर किन नभन्ने ? 

तपाईंले नेतृत्व परिवर्तन र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आदर्शका  कुरा पत्रमा लेख्नु भएको छ, तर व्यवहारमा भने यदि कसैले आफूलाई  पदबाट हटाउन खोजेमा त्यो सचिवालय, स्थायी समिति वा केन्द्रीय  समितिको बहुमतले भने पनि आफूले नमान्ने कुरा खुल्ला रुपमा  गरिरहनुभएको छ । विघटन भईसकेको पार्टीको महाधिवेशनले छानेका  अध्यक्ष हुनाले मलाई कसैले हटाउन सक्दैन भन्ने अनौठो तर्क गर्नुहुन्छ । 

पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजे कुर्सी नै भाँचिदिने चर्चा पनि  आइरहन्छ, यो के हो कमरेड ? यो फेरि अर्को अध्यादेश ल्याएर पार्टी  फुटाउने कुरा हो कि ? संकटकाल लगाएर जान्छु भन्ने हो कि ?, सदन  विघटन गर्ने कुरा हो कि ? मैले बुझ्न सकेको छैन । कमरेड यो पार्टी  एकता गर्ने र यसको रक्षा गर्ने काममा मेरो वैचारिक र भावनात्मक निष्ठा र  त्याग तपाईंको भन्दा बढी नै रहेको तथ्य आम पार्टी पंक्ति र जनसमुदायलाई  थाहा छ । ‘वाम’ गठबन्धन र पार्टी एकताको प्रस्ताव लिएर म तपाईं कहाँ  गएको (रघुवीर महाशेठको घरमा) तथ्य कमरेडलाई पक्कै सम्झना होला ।  पार्टी एकताको निमित्त निर्वाचन पछि प्राप्त भएको प्रधानमन्त्रीको पद त्यागेर  आलोपालोको सहमति पनि पुरै तपाईंलाई नै सुम्पने म कचकचे ? यो कस्तो  व्याख्या हो । 

पार्टी एकताको रक्षा हुनुपर्दछ भन्ने कुरामा म आज पनि उत्तिकै दृढ  छु । मैले खुला र स्पष्ट वैचारिक, राजनैतिक छलफलको तपाईंको प्रस्तावलाई स्वागत गर्नुको अर्थ पार्टी एकतालाई सदृढ गर्ने नयाँ आधारको  खोजी गर्नु नै हो । आवेगमा आएर पार्टी एकता, संविधान र परिवर्तनको  प्रक्रियालाई अवरुद्ध गर्ने कुनै काम तपाईंबाट हुनेछैन भन्ने आशा र विश्वास  व्यक्त गर्दछु । नयाँ आधारमा नयाँ एकता कायम गर्दै देश, जनता, पार्टी र  आन्दोलनलाई नयाँ उचाई तिर लैजानु छ । एकता–संघर्ष–रुपान्तरण र नयाँ  आधारमा नयाँ एकताका लागि कमरेडले थोरै मात्र आत्मसमिक्षा,  आत्मालोचना र त्यागको स्पिरिट देखाउनु भयो भने त्यो ठूलो कुरा हुनेछ ।  मेरो विचारमा यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ । यत्ति  भएमा तपाईले पत्रको अन्तिममा भने झैं म सजिलै फर्किने छु। 
हार्दिक अभिवादन सहित ! 
...................  
पुष्पकमल दाहाल ‘प्रचण्ड’   
अध्यक्ष  
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  
बोधार्थ  
सचिवालयका सदस्यहरु

३. सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको छुट्टै १९ पाने राजनीतिक प्रतिवेदन
 


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  २२:३२
  • #नेकपा_विवाद
  • #२पाने
  • #५पाने
  • #१९पाने

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
११ हजार ६ सयले घट्यो सुनको मुल्य
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ
सम्बन्धित सामग्री
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो। यसअघि उनलाई संस्कृति पर्यट... आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ प्रसाईँले थप लेखेका छन्– 'वार्ता गर्न बोलाउँदैमा मात्रै होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।' आइतबार, कात्तिक ९, २०८२
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपश्चात् गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ... शनिबार, कात्तिक ८, २०८२
ताजा समाचारसबै
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
छठको दोस्रो दिन आज ‘खरना’ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्