काठमाडौं- विवेकशील नेपाली दलका सदस्यहरुले साझा पार्टीसँगको एकताको विषयमा मतसंग्रहमा मतदान गरेका छन्। विवेकशील नेपाली दलको साझा पार्टीसँग एकीकरण सम्बन्धी प्रस्तावमा मतसंग्रहको आयोजना गरेको थियो।
'यही कार्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने (एस) की नगर्ने (नो) भनी मतदान गरेका थिए। मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको थियो', विवेकशीलका अध्यक्ष मिलन पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मतदान सकिएको ४८ घण्टाभित्र मतपरिणाम सार्वजनिक हुने बताइएको छ।
विवेकशील नेपाली दलको विधानबमोजिम सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै सार्वभौम सदस्यहरूको दुई-तिहाइ मतले अनुमोदनपछि मात्रै एकीकरणको निर्णय पारित हुन सक्छ। 'यसको लागि एकीकरण, सम्मिलन तथा सहकार्य सम्बन्धी नियमावली र निर्वाचन कार्यविधि र आचार-संहिता बनाएर विधि-पद्धति बमोजिम तयारी गरेको हो', विज्ञप्तिमा भनिएको छ।
यो मतसंग्रह एउटा दलको आन्तरिक अभ्यास मात्र नभएर नेपालको राजनीतिक इतिहासमा सदस्यहरूको सार्वभौमिकता र दलहरूभित्रको आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यासको व्यवहारिक संस्थापनाको रूपमा इतिहासमा लिपिबद्ध हुने विवेकशील नेपाली दलको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्ति- विवेकशील नेपाली दलमा एकीकरणका निम्ति मतसंग्रह सम्पन्न विवेकशील नेपाली दलको विधानअनुरूप सहभागितामूलक...
Posted by Bibeksheel Nepali - विवेकशील नेपाली on Thursday, November 12, 2020
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।