काठमाडौं–महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतको दार्जिलिङबाट पक्राउ गरेका कुख्यात ठग तथा साइबर अपराधका अभियुक्त पसल रोकाय जेल चालन भएका छन् । काठमाडौं जिल्ला अदालतले रोकायलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का रोकायले विभिन्न उच्च पदस्थहरूको नाममा फेक फेसबुक आइडी बनाउने र आफूले कुराकानी गर्ने गरेका थिए। उक्त च्याटका कुराहरु अन्य व्यक्तिलाई देखाएर प्रलोभनमा पारेर ठगी गर्ने उनको शैली थियो। आफूलाई रिस उठेका मान्छेविरुद्ध सामाजिक सन्जालमा बेइज्जत गर्ने, जागिरको प्रलोभन देखाएर ठगी गर्ने, छात्रवृत्तिमा नाम निकालिदिने भनेर ठगी गर्ने, प्रहरीमा जागिर लगाइदिन्छु भनेर ठग्ने, फेक भिडियो/अडियो बनाएर बेइज्जत गर्ने जस्ता काम रोकायले गरेका थिए ।
कर्णाली आवाज डटकम, कर्णाली एचडी फेसबुक पेज तथा युट्युब च्यानलमार्फत अफवाहपूर्ण भिडियो प्रसारण गर्ने र बेइज्जत गर्ने गरेका थिए ।
खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा कम्पनी दर्ता गरी उनले ठेक्कापट्टाको काम पनि गर्ने गरेका थिए।
शुभलक्ष्मी अस्पतालको अध्यक्ष बताउने रोकायले संविधान नाम गरेको कलेज पनि दर्ता गराएका छन्। जहाँ नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाई गराउने भनिएको छ। यसरी विभिन्न बाहना बनाएर ठगी गर्ने साइबर अपराध गर्ने रोकायलाई अदालतले पुर्पक्षका लागि जेल पठाएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।