कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराउने उद्धेश्यले शरीर बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जनालाई पक्राउ गरेको छ। उनीहरुले विभिन्न जिल्लाहरुबाट २ महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि पोखरा ल्याएर विभिन्न प्रलोभनमा पारि जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराउने गरेको प्रहरीले जनाएको छ ।
महिलाहरुलाई शारीरिक तथा मानसिक यातनासमेत दिइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरि पीडित दुवै महिलालाई उ्द्धारसमेत गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका–१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली, पोखरा महानगरपालिका–४ बस्ने ३० वर्षीय अन्जु गुरुङ र काभ्रेकाे पाँचखाल ४ बस्ने २६ वर्षीय आशिष भुजेल रहेका छन्।
पक्राउ परेकाहरु उपर मानव वेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरअन्तर्गत मुद्धा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।