काठमाडौं– स्कटल्यान्ड युरो कप फुटबलमा छनोट भएको छ। बिहीबार राति भएको खेलमा स्कटल्यान्डले सर्वियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युरो कपमा स्थान बनाएको हो।
घरेलु टोली सर्वियाविरुद्ध सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा स्कटल्यान्ड जितको लागि पेनाल्टीसम्म पुग्नु परेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको स्कटल्यान्डले खेलको ५२ औं मिनेटम गोल गर्दै १–० गोलको अग्रता बनाएको थियो। स्कटल्यान्डका लागि रियान क्रिस्टीले गोल गरेका थिए।
खेलको ९० औं मिनेटमा लुका जोभिचले गोल गर्दै सर्वियालाई १–१ गोलको बराबरीमा पुर्याएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। थप गरिएको समयमा पनि गोलरहित बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टीबाट लागेको थियो। पेनाल्टीमा सर्वियालाई ५–४ गोलले पराजित गर्दै २३ वर्षपछि स्कटल्यान्ड पहिलो पटक ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।