काठमाडौं– इंग्ल्यान्डले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जित निकालेको छ। इंग्ल्यान्डले आयरल्यान्डलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम इंग्ल्यान्डको जितमा ह्यारी म्यागुइर, जाडोन सान्चो र डोमिनिक काल्भर्ट लेविनले गोल गरे। पहिलो हाफमा दुई र दोस्रो हाफमा थप एक गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो। खेलको १८ औं मिनेटमा ह्यारी म्यागुइरले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए।
खेलको ३१ औं मिनेटमा सान्चोले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाए। खेलको ५६ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो। डोमिनिकले गोल गर्दै इंग्ल्यान्डलाई ३–० गोलको जित दिलाए।
यो मैत्रीपूर्ण खेल नेसन्स लिग फुटबलको तयारीको रुपमा खेलेको थियो। इंग्ल्यान्डले नेसन्स लिगमा आउँदो सोमबार इंग्ल्यान्डले बेल्जियमसँग नेसन्स लिग फुटबलमा प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, बिहीबार आइसल्यान्डसँग इंग्ल्यान्डले प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।