• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

कप्तान र मुख्य प्रशिक्षक भन्छन्- बंगलादेशलाई जित्छौँ

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २७, २०७७  १७:४१
1140x725

काठमाडौं- करिब एक वर्षपछि नेपाली फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल खेल खेल्दैछ। बंगलादेशविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण फुटबलमा नेपालको तयारी कस्तो छ त?

विश्वभर कोरोना भाइरस (कोभिड-१९) का कारण खेलकुद ठप्प हुँदा फेरि फुटबल प्रतिस्पर्धामा फर्किन नेपाली फुटबललाई झण्डै एक वर्ष नै लाग्यो। एक साता नै अभ्यास र प्रतियोगिता नहुँदा समस्यामा पर्ने खेलाडीका लागि यति लामो समयअवधिले विभिन्न समस्या नल्याएको भने होइन। अन्य देशहरु फुटबल गतिविधिमा फर्किएको लामो समयपछि नेपाली फुटबलले कात्तिक दोस्रो साताबाट अभ्यास थाल्यो।

नेपालमा अहिले कोरोनाको अवस्था साम्य हुने संकेत देखिँदैन। कोरोना संक्रमण नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुपनि देखिन थालेको छ। यस्तै प्रतिकुल समयका बाबजुद नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग दुई खेलेको मैत्रीपूर्ण खेल खेल्दैछ। 

सन् २०१९ को नोभेम्बर १९ मा नेपालले भुटानमा विश्वकप फुटबल छनोटको दोस्रो चरणको खेलमा कुवेतसँग प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपाल कुवेतसँग १–० गोलले हार्न पुग्यो। त्यसपछि कोरोनाको महामारी फैलिएपछि नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताको मिति पनि सर्दै आएको थियो।

नेपालका लागि बंगलादेश बलियो टिम होइन। तर राम्रा र राष्ट्रिय टिमका भरपर्दा खेलाडी टिम बाहिर हुँदा बंगलादेश नेपालविरुद्ध हावी हुन सक्छ। राष्ट्रिय टिमका नियमित सदस्य रोहित चन्द, विशाल राई, अभिषेक रिजाल, देवेन्द्र तामाङ, विकेश कुथु र सुनिल बल अहिले टिममा छैनन्। 

राष्ट्रिय टिममा यो पटक आठ जना नयाँ अनुहार बोकेर बंगलादेश पुगेका छन्, मुख्य प्रशिक्ष बालगोपाल महर्जन। मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा महर्जनले मुख्य प्रशिक्षकको भूमिका पाएका हुन्। त्यसो त बंगलादेशी टिम बारे महर्जनलाई निकै जानकारी छ। २०१८ मा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले घरेलु टिम बंगलादेशलाई २–० गोलअन्तरले पराजित गर्दा मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नै थिए।

के छ नेपालको रणनीति?
बंगलादेश तुलनात्मक रुपमा नेपालमाथि हाबी हुँदै आएको छ। बंगलादेशसँग नेपालले १२ पटक हारेको छ भने दुई पटक बराबरी खेलेको छ। ६ खेलमा भने बंगलादेशलाई नेपालले पराजित गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

पछिल्लो खेलहरुमा बंगलादेशसँग नेपालले जित्दै आएको छ। पछिल्लो पाँच खेललाई नियाल्ने हो भने नेपालले बंगलादेशसँग तीन खेलमा जित हात पार्दा एक खेलमा बराबरी र एक खेलमा हारेको छ। 

पछिल्लो पाँच खेलमध्ये २०११ को साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई १–० गोलअन्तरले पराजित गरेको थियो। २०१२ मा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो भने २०१३ मा एएफसी एसियन कपमा भने नेपाल बंगलादेशसँग २–० ले हारेको थियो। त्यसपछि २०११ र २०१८ को साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई समान २–० गोलले पराजित गरेको थियो।

किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली फुटबल टिमले बंगलादेशविरुद्ध शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ। तर सिनियर खेलाडीको अभावमा नयाँ खेलाडीको आगमनमा टिमको तालमेल कस्तो होला भन्ने दुविधा देखिन्छ। 

के छ त नेपालको योजना?
मुख्य प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘हामीले एक साता मात्रै अभ्यास गरेका छौं। कोभिडको कारण करिब ७–८ महिनादेखि खेलाडीले खेलेका छैनन्। त्यसैले हामीलाई चुनौती हुनेछ। बंगलादेशविरुद्ध पछिल्लो ५ वर्षमा हामी हाबी हुँदै आएका छौं। तर बंगलादेश नराम्रो टिम भने होइन। बंगलादेशविरुद्ध राम्रो नतिजा निकाल्ने छौँ।’

बंगलादेशविरुद्ध गोलकिपरमा कप्तान किरण चेम्जोङ हुँदा डिफेन्डरमा यो पटक अनन्त तामाङले नयाँ जोडी पाउने छन्। देवेन्द्र तामाङ टिममा नहुँदा नयाँ अनुहारमा विकास खवासको सम्भावना निकै छ। पछिल्लो समयमा बिक्रम लामाले डिफेन्डरको भूमिका खेल्दै आएका पनि छन्। अन्य डिफेन्डरमा रन्जित धिमाल, सुमन अर्याल, अजित भण्डारी र दिलेन लोक्तान छन्।

प्रशिक्षक बालगोपाल महर्जन निकै आक्रमक खेल खेल्न चाहन्छन्। विगतमा प्रशिक्षक महर्जनले ४–४–२ को पोजिसनमा खेलाउँदै आएका थिए। बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा पनि प्रशिक्षक महर्जन यही रणनीतिको साथ खेलाडीलाई मैदानमा उतार्ने छन्।

तर नेपाल टिम कोरोनाले थला नै परेको छ भन्दा फरक नपार्ला। बुधबार मात्रै गरेको कोरोना परीक्षणमा एक जना खेलाडीलाई कोरोना पुष्टि भएको छ। कोरोनाकै कारण प्लेइङ सेटका खेलाडी बंगलादेश जानबाट बन्चित भएका थिए। प्रशिक्षक महर्जन नेपाली टिम निकै कठिन अवस्थामा रहेको पनि स्वीकार गर्छन्। उनले भने, ‘प्लेइङ इलाभेनमै खेल्ने चार खेलाडीमा कोरोना संक्रमण भेटिएको थियो। त्यसैले पनि हामी अप्ठ्यारो परिस्थितिमा छौं। तर मेरा सबै खेलाडीमा मेरो पूर्ण विश्वास छ। उनीहरुले राम्रो खेल्ने छन्।’

मिडफिल्डरमा अन्जन विष्टसँगै सुजल श्रेष्ठ, तेज तामाङ र रवि पासवानको भूमिका मुख्य हुनेछ। फरवार्ड लाइनमा भने नवयुग श्रेष्ठसँगै भरत खवास छन्। यी दुबै खेलाडी पहिलो रोजाईबाट खेल्नेछन्।

बंगलादेशविरुद्ध पछिल्लो समयमा जित निकाल्दै आएको हुँदा मैत्रीपूर्ण खेलमा पनि नतिजा सकारात्मक नै हुने कप्तान किरण चेम्जोङको भनाइ छ। कप्तान किरणले भने, ‘थोरै समयमा अभ्यास गरे पनि हामी खेल्नको लागि निकै उत्साहित छौं। लामो समयपछि खेल्न लागिरहेका छौं पक्कै पनि राम्रो हुनेछ। हामी जित्नको लागि खेल्ने छौं।’

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आयरल्यान्डलाई हराउँदै अफगानिस्तान २०२७ को विश्वकपमा छनोट
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल, शोकमा डुब्यो जनकपुर
सम्बन्धित सामग्री
फुटबल स्टार मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन अर्जेन्टिना र स्पेनका विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार जर्जको शुक्रबार राति करिब १० बजे अर्जेन्टिनाको आफ्नो गृहशहर रोसारियोमा निधन... शनिबार, साउन २३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी अमेरिकाको न्युजर्सीको मेटलाइफ स्टेडियममा खेल सकिने बित्तिकै मैदानमा अराजक दृश्यहरू देखिए। स्पेनका वैकल्पिक खेलाडीहरू जितको खुसीयाली... सोमबार, साउन ४, २०८३
लगातार दोस्रोपटक गोल्डन बुट जिते एमबाप्पेले २७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्। विश्वकपको इतिहा... सोमबार, साउन ४, २०८३
ताजा समाचारसबै
आयरल्यान्डलाई हराउँदै अफगानिस्तान २०२७ को विश्वकपमा छनोट मंगलबार, साउन २६, २०८३
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै मंगलबार, साउन २६, २०८३
रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल, शोकमा डुब्यो जनकपुर मंगलबार, साउन २६, २०८३
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् मंगलबार, साउन २६, २०८३
ब्रोड पिक’ हिमपहिरोमा निधन भएका ३ नेपालीको शव आज काठमाडौँ ल्याइँदै मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
काठमाडौं विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस सोमबार, साउन २५, २०८३
नेपाली क्रिकेटको कप्तानीमा फर्किए सन्दीप, एसीसीसी प्रिमियर कपका लागि टोली घोषणा सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्