काठमाडौं– मकवानपुर प्रहरीले ८० किलो गाँजासहित कार बरामद गरेको छ। तस्कर भने फरार भएका छन्। पार्किङ गरेर राखेको बा ६ च १४७६ नम्बरको कारबाट प्रहरीले ८० किलो गाँजा बरामद गरेको हो।
बिहीबार बिहान पौन ३ बजे हेटौडा–१० मा रहेको प्रहरी चौकी भुटनदेवीबाट गस्तीमा खटिएको प्रहरीले शंकास्पद रुपमा पार्किङ गरेर राखेको उक्त कारको लक फोडेर हेर्दा उक्त गाँजा बरामद भएको हो।
प्रहरीलाई देखेपछि तस्करले कार छाडेर भागेका थिए। कारको डिकीमा ८० किलो गाँजा र केही कागजात भेटिएको मकवानपुर प्रहरीले जनाएको छ। कारमा सवार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।