काठमाडौं– सामाजिक सञ्जालमार्फत् बालबालिकाहरुलाई अश्लिल म्यासेज र फोटाहरु पठाउने एक युवक पक्राउ परेका छन्।
साइबर ब्यूरोले अश्लिल फोटा र म्यासेज पठाएको आरोपमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–४ का २० वर्षीय अखिल नेपालीलाई पक्राउ गरेको हो।
यौनजन्य अश्लिल म्यासेज, फोटा, भिडियोलगायतका सामग्री फेक फेसबुक आइडी बनाएर म्यासेन्जरमा पठाउने गरेको ब्यूरोले जनाएको छ।
पक्राउ परेका नेपालीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।