काठमाडौं- न्याय सेवा आयोगले कानुन समूहतर्फ कानुन मन्त्रालयको सचिवमा लिला गड्तौलालाई सिफारिस गरेको छ।
कानुन मन्त्रालयमा कार्यरत गड्तौलालाई आयोगको बुधबार बसेको बैठकले सचिवमा बढुवाका लागि सिफारिस गरेको हो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको बैठकले मन्त्रिपरिषद्मा उनको नाम सिफारिस गरेको हो। उनी हाल सहसचिव पदमा कार्यरत छिन्।
न्याय सेवा आयोगमा महान्यायाधिवक्ता अग्नी खरेलको पनि उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।