फाइल तस्बिर
काठमाडौं- अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्तावित डा युवराज खतिवडाले एमसिसीका विषयमा आफूले सहजीकरण गर्ने बताएका छन्। बिहीबार संसदीय सुनुवाइका क्रममा सांसदहरुले सोधेका प्रश्नहरुको उत्तर दिँदै एमसिसी आवश्यक भएको भन्दै त्यसका लागि सहजीकरण गर्न भूमिका खेल्ने बताएका हुन्।
एमसीसीका विषयमा भएका फरक बुझाइलाई अमेरिकी अधिकार समक्ष पुर्याउने र यसलाई स्पष्ट पार्ने बताए। ‘मेरो कार्यकालमा एमसिसीका विषयमा नेपालमा उठेका कुराहरु अमेरिकामा बुझाउने काम हुन्छ,’ प्रस्तावित राजदूत डा खतिवडाले भने, ‘स्पष्ट पार्ने विषयमा वहाँहरु तयार नै हुनुहुन्छ। म यसमा सहजीकरण गर्छु।’
आफू हिजो निर्णायक भूमिकामा भएकाले यसका कतिपय प्रावधान बाझिने हुँदा संसदमा पुर्याइएको उनले बताए। तर अहिले आफू सरकारले भनेको कुरा मात्रै गर्ने स्थानमा रहेकाले एमसिसीका विषयमा परराष्ट्र मन्त्रालयले गने निर्देशन अनुसार अघि बढ्ने उनले बताए।
अमेरिकाले एमसिसीको विषयमा आफ्नो स्वार्थ भनेको नेपालको विकास मात्र भन्दै आएकाले बुझाई फरक परेका विषयमा स्पष्ट पार्ने सच्याउने र सहजीकरण गर्ने विषयमा आफू तयार र खुल्ला रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।