काठमाडौं– विश्वविजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हार ब्यहोरेको छ। आफ्नै घरेलु मैदानमा फ्रान्स फिनल्यान्डसँग २–० गोलले स्तब्ध बनेको हो।
तुलनात्मक रुपमा आफूभन्दा कमजोर टिमसँग फ्रान्स हारेको हो। फिनल्यान्डको जितमा मार्कस फर्स र ओन्नी भालाकारीले गोल गरे। खेलअवधिभर बल आफ्नो पकडमा राखे पनि फ्रान्सले गोल गर्न सकेन। पहिलो हाफमै २–० गोलले पछि परेको फ्रान्स दोस्रो हाफमा पनि खेलमा फर्किन सकेन।
खेलको २८ औं मिनेटमा मार्कसले गोल गर्दै फिनल्यान्डलाई १–० गोलको अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै भालाकारीले गोल गर्दै पहिलो हाफसम्म फिनल्यान्डलाई २–० गोलको अग्रता दिलाए। दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै गर्दै विश्व बरियतामा ५५ औं स्थानमा रहेको फिनल्यान्डले विश्वविजेता फ्रान्समाथि जित निकालेको हो।
मैत्रीपूर्ण अन्य खेलमा डेनमार्कले स्वीडेनलाई २–० गोलअन्तरले पराजित गर्दा लक्समबर्गविरुद्ध अस्ट्रियाले ३–० गोलको जित निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।