उदयपुर–जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन्।
प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले २०६४ जेठ १४ गते बलात्कार गरेको कसुर ठहर गर्दै १० वर्षको जेल सजायको फैसला सुनाएको थियो। गोप्य सूचनाका आधारमा राउतलाई हँडियाको एक स्थानमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।
इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले गोप्य सूचनाका आधारमा राउतलाई लुकिरहेको अवस्थामा पक्राउ गरेर बुधबार नै जिल्ला अदालतमा बुझाएको प्रहरीले बताएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।