काठमाडौं- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा अवैधरुपमा उत्खननमा संलग्न सात ट्याक्टरलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।
विनयी त्रिवेणी गाउँपालिका–२ को विनयी खोलामा अवैध रुपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किबासबाट गएको टोलीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो।
नम्बर प्लेट हाल्न बाँकी (अन टेस्ट) ट्याक्टर सहित सात ट्याक्टर मङ्गलबार मध्यरातमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी विशाल तामाङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।